Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

काेरियाबाट फर्केर पूर्व सचिव बुद्धबीर राईद्वारा राहात कोषमा दश हजार प्रदान

काेरियाबाट फर्केर पूर्व सचिव बुद्धबीर राईद्वारा राहात कोषमा दश हजार प्रदान

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर ७ २०७५


काेरियाबाट फर्केर पूर्व सचिव बुद्धबीर राईद्वारा राहात कोषमा दश हजार प्रदान

इलाम  । नेपाल पत्रकार महासंघ इलाम शाखाले स्थापना गरेको पत्रकार आपतकालीन राहत कोषमा शाखाका पूर्व सचिव बुद्धबीर राईले सहयोग प्रदान गरेका छन् । रोजगारीको लागि कतार पुगेका राईले महासंघको कार्यालयमानै पुगेर दश हजार रुपैयाँ सहयोग प्रदान गरे । उनले महासंघकी शाखा अध्यक्ष कोकिला ढकाललाई दश हजार रुपैयाँको चेक उपलब्ध गराउँदै भविश्यमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

महासंघले एक महिना अघिदेखि कोष सञ्चालनमा ल्याएको हो । कोषमा महासंघले ५० हजार रुपैयाँ जम्मा गरेको छ भने सदस्य तथा दाताहरुबाट रकम जुटाउनेक्रम जारी छ । जिल्लामा कार्यरत पत्रकारहरुलाई आपतकालीन अवस्थामा सहयोग गर्न कोष स्थापना गरिएको हो । कोष सञ्चालन कार्यविधि तयारपछि शुरु हुनेछ । महासंघले शाखा अध्यक्ष ढकालको संयोजकत्वमा एक समिति बनाएर कोष सञ्चालन कार्यविधिको मस्यौदा तयार गरेको जनाएको छ । राई दूई वर्ष अघि बैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार