Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

खुल्ला नकाउट मिनीपोस फुटबलको उपाधी कामीटारलाई

खुल्ला नकाउट मिनीपोस फुटबलको उपाधी कामीटारलाई

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर ४ २०७५


खुल्ला नकाउट मिनीपोस फुटबलको उपाधी कामीटारलाई

गोर्खे । सुर्योदय नगरपालिका–१ सानो बाङि्गनमा सम्पन्न खुल्ला नकाउट मिनीपोस पुरुष फुटबलको प्रतियोगिताको उपाधी मनकामना फुटबल क्लब कामीटारले जितेको छ । हिजो सम्पन्न फाइनल खेलमा कामीटारलाई आयोजक एसविवाइसी लाई १–० ले पराजित गर्दै उपाधी चुमेको हो । उपाधीसंगै उस्ले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता आयोजकले ८ हजार प्राप्त ग¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी उपविजेता टिमका अशोक लिम्बु, आयोजककै पवन थामी अनुशासित खेलाडी र बिजय राई सर्वाधिक गोलकर्ता घोषित भए । गत कातिक १८ गतेबाट सुरू भएकाे फुटबल खेलमा इलामका विभिन्न क्षेत्रका २४ टिमकाे सहभागिता रहेकाे थियाे ।  आयोजक समितीका अध्यक्ष योगेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा खगप्रसाद खतिवडाको प्रमुख आतिथ्यता र गोर्खे स्वास्थ्य चौकी प्रमुख राजेन्द्र मगरको विशेष आतिथ्यता रहेको थियो । भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक धर्मकुमार प्रधानले स्वागत र आयोजकका प्रमुख सल्लाहकार भोजबहादुर कटुबालले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार