फिक्कल । झन्डै ७ महिना आफनै क्षेत्रमा राष्ट्रिय कलाकारको प्रस्तुती हेर्न नपाएका सुर्योदय नगरबासी सोमबार साँझ छमछमी नाचे । शुभ दिपावलीको अवसरमा महिला हिंसा विरुद्धको अभियानका लागी सुर्योदय युवा परिवारले गरेको सांगितक कार्यक्रमले फेरी एक पटक सयौ नगरबासीलाई एकै ठाँउमा भेला गरायो । तिहारको आगमन भइसकेकोले पनि नगरका विभिन्न क्षेत्रबाट सयौको संख्या संगित पारखीहरु फिक्कल माध्यमिक विद्यालयको प्राङगणमा भेला भएका थिए । कार्यक्रमको मुख्य आर्कषण थिइन गायिका तृष्णा गुरुङ । आयोजकले १ बजे कार्यक्रम हुने भनेर नगरबासीलाई आमन्त्रण गरेपनि तृष्णा गुरुङको प्रस्तुती हेर्न साँझ ७ बजेसम्म उनीहरुले कुर्नुप¥यो । घडिको सुइले ७ बजेको संकेत गर्दै गर्दा तृष्णा ‘गुड इभिनिङ फिक्कल’ भन्दै स्टेज प्रवेश गरेपछि प्रतिक्षाको घडी पनि सकियो । अब पहिलो प्रस्तुती है भन्दै सवैलाई हात माथी उठाउन लगाएर ‘साँझको बेला रमाइलो मेला घुम्न हिडेको बेला चौतारीमा कुरी बसेको छौ की कतै’ गाउँदै गर्दा उपस्थिती सवै दर्शकहरुले एक हात माथी गरेर उनलाई सर्मथन गरेका थिए ।
उनले ‘पहिलो पटक फिक्कलमा आएकी छुँ सवै मिलेर रमाइलो गर्ने हो ।’ भन्दै दर्शकहरुलाई जोश्याइन । कार्यक्रममा चिसो र ठन्डीको प्रवाह नगरी सवैले तृष्णालाई साथ दिए । ‘ए नि लै लै ओ नी लै लै भन्दै गाउँने सुर कसेर ‘यो गित विस्तारै गाउने है त्यो भन्दा अगाडी गुरासै फुल्यो गाँउछु है त ’ भनेर आफनो दोश्रो प्रस्तुतीको रुपमा ‘गुराँसै फुल्यो हेर नी लै लै त्यो डाँडै ढाकेर चुल्ठोमा मेरो शिउरी देउ न माया टपक्क टिपेर’ गाइन ।
‘अब चाहि तपाईहरुलाई अघि गाँउन लगाएको ए नि लै लै गाँउछु तर यो गित बोल चाही के होला ?’ भन्दै प्रश्न गर्दा दर्शकहरुले ‘रेलैमा चढी काटी उकाली ओराली’ भन्दै हुटिङ गरे । त्यसपछि उनले ‘रेलैमा चढी काटी उकाली ओराली गर्दै सवैलाई विदाइ माग्दै’ गाँउदै गर्दा सवै दर्शकरुले मोवाइलको लाइट बालेर उनको सर्मथन गरेका थिए । ‘अब के गाँउ त जाँउला माया साथैमा गाउँछु है त’ भन्दै गर्दा दर्शक दिर्घको हुटिङले साथ थियो । ‘जाँउ माया साथैमा रोधी नी साथैमा रोधी नी नाच्दै गाँउदै रात कट्यो जुनेली माया पिरती ओ तेनु शिरमाथी’ गाँउदै गर्दा वार भत्काएर स्टेज छेउमै दर्शकहरु नाच्न पुगेका थिए ।
‘अब चाही साइलीले साइलाको लागी गाउनै है त यहाँ साइलाहरु को को हुनुहुन्छ’ भन्दै ‘गाइने दाजैले सारङ्गी रेट्दा हुरुक्कै हुन्छ मन मेरो ए साइला तिमीलाई देख्दामा’ गाँउदै गर्दा नाच्नेको संख्या अझै बढदै गयो । संगितप्रेमीहरु माझ चर्चित ‘गाइने दाजै’ बोलको गित दर्शकहरुको आग्रहमा ‘सेकेन्ड लास्ट सङग्स फर टु नाइट तर म गाउँदिन तपाइहरु गाउँनुस म सिकाउँछु ’ भन्दै पुनः प्रस्तुती दिइन । अन्तिम प्रस्तुतीको रुपमा तृष्णालाई सांगितिक क्षेत्रमा चिनाउने गित ‘खानी ओ यामु ए कान्छा खानी ओ यामु ए कम्मरमा पोको निधारमा डोको ओठैमा हासो लिइ म पनि जान्छु तिमीसंगै म पनि जान्छु ए ’ गाँउदै १ घण्टा लामो प्रस्तुती सिध्याइन । दर्शकहरुमाझबाट विदा लिनै लाग्दा ‘फेरी पनि बोलाउनुभयो भने फिक्कलको माया सम्झेर आउनेछु ’भन्दै विदा लिइन । तृष्णासंगै स्थानिय व्ल्याक टी व्यान्ड, ओम व्यान्ड, महेश गदाल लगायतले आफनो सांगितिक प्रस्तुती दिएका थिए । मुलुकमा बढ्दो हिंसा न्युनिकरण र दिपावलीको स्वागतका लागी कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष उदयहाङ फागोले जानकारी दिए । सांगितक कार्यक्रमबाट उठेको सहयोग महिला हिँसा विरुद्धको काममा खर्च गरिने उनले बताए ।