Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

रौतहटको बागमती देखी राष्ट्रिय टोलीको उत्कृष्ट मिडफिल्डरसम्म लक्ष्मीको फुटबल यात्रा

रौतहटको बागमती देखी राष्ट्रिय टोलीको उत्कृष्ट मिडफिल्डरसम्म लक्ष्मीको फुटबल यात्रा

  • नमीन ढकाल
  • सोमबार, कार्तिक १९ २०७५


रौतहटको बागमती देखी राष्ट्रिय टोलीको उत्कृष्ट मिडफिल्डरसम्म लक्ष्मीको फुटबल यात्रा

इलाम । रौतहटको सानो गाँउ बागमतीकी लक्ष्मीकुमारी पौडेलले सोचेकी थिइनन् एक दिन नेपाली फुटबलमा आफनै बेग्लै छवि बनाउछु भनेर । गाँउमा पुरुष टिमहरुसंगको प्रतिस्पर्धाले निखारिएका खेल कौशलले उनलाई नेपाली महिला राष्ट्रिय टिमको उत्कृष्ट मिडफिल्ड बन्न मद्धत ग¥यो । घरबाट सहयोग भएपनि महिला भएको कारण समाजमा भने उनलाई फुटबल खेल्न केही असहज थियो । तर समाजको कुरा नसुनि उनले आफनो यात्रा अगाडी बढाउदै राष्ट्रिय टिममा भरपर्दो खेलाडीको छवि बनाइन । फुटबलको सुरुवाती चरण सम्झदै लक्ष्मी भन्छिन ‘ गाँउमा महिलाको फुटबल टिम थिएन गाँउका केटाहरुसंग मिलेर कहिले खाली खुट्टा त कहिले पुरानो जुत्ता लगाएर खेलिन्थ्यो । तुलनात्मक बलिया केटाहरुसंग भिड्न सारै गाह्रो हुन्थ्यो’
घर नजिकै खेलमैदान भएपनि निर्देशन दिने प्रशिक्षकको अभावमा उनको खेलकौशलले अपेक्षा अनुरुप उचाइ लिन सकेको थिएन । २०६० साल साउन १ गते उनको खेल जिवनमा एका एक परिर्वतन भयो । शेरबहादुर दलार्मीले रौतहटमा महिला टिमलाई प्रशिक्षण दिने भए तर लक्ष्मीका लागी भनेर प्रशिक्षण लिन कठिनाइ भयो । घरबाट झन्डै १३ किलोमिटर टाढा चन्द्रनिगाहपुर पुग्न विहान ४ बजे नै उठेर जानुपर्ने थियो । कहिले साइकल त कहिले विहानै आउने बसमा झुन्डिएर खेलमैदानसम्म पुग्थिन उनी । समयमा कक्षामा नपुग्दा शिक्षकको कुटाइ खाएको पनि तितो अनुभव छ उनको । लक्ष्मी भन्छिन ‘ विहानै उठेर खेल्न जानुपर्ने घर आइनपुग्दै स्कुलको घन्टी बज्थ्यो अनि जुता कुनामा फालेर २ गास भात च्यापेर स्कुल पुग्दा ढिला भइसकेको हुन्थ्यो ।’
राष्ट्रिय टिमकी पुर्व कप्तान अनु लामा पनि उनीसंगै चन्द्रनिगाहपुरमा प्रशिक्षण लिन्थिन । अनु र लक्ष्मीसंगै २० जनाले प्रशिक्षण लिएपनि अनु र गोमा थापाले मात्र उनीसंगै फुटबलमै करियरलाई अगाडी बढाए ।
एपिएफ टिममा प्रवेश
३ बर्षसम्म रौतहट टिमबाट प्रतिनिधीत्व गरेकी लक्ष्मी २०६३ साल भदौबाट एपिएफ टिमबाट करारमा खेल्न सुरु गरिन । एन्फा मायोज कपको रौतहट टिम उपविजेता हुँदा उत्कृष्ट खेलाडी चुनिएकी लक्ष्मीको खेलकौशलबाट प्रभावित भएपछि ६ महिना नवित्दै शसस्त्र प्रहरीको जवानमा भर्ती भइन । विभागीय टिम एपिएफबाट खेल्न सुरु गरेको २ बर्षमै उत्कृष्ट मिडफिल्डरको रुपमा उदाइन । १० बर्षसम्म एपिएफ टिममा मिडफिल्डर हुँदै कप्तानसम्मको भुमिका निर्वाह गरेकी उनी भन्छिन ‘ जागिर हुने भएकाले खेलाडीहरुको आर्कषण पनि विभागीय टिममा अलिक बढी छ । अनि नियमित प्रशिक्षणका कारण खेलाडीहरुले खेल कौशल पनि सुधारिदो छ । ’ १० बर्षे एपिएफ यात्रा उनले आफनो टिमलाई महत्वपुर्ण १० वटा उपाधी समेत दिलाइन । तेश्रो प्रधानसेनापती कपमा उपकप्तानको भुमिकामा रहेकी उनले चौथो प्रधानसेनापती र ७ औ राष्ट्रिय खेलकुदमा एपिएफ टिमको नेतृत्व समेत गरिन् ।
राष्ट्रिय टोलीको यात्रा
विभागीय टिममा आफनो खेल कौशल निखारेकी लक्ष्मीले राष्ट्रिय टिममा डेव्यु गर्न ६ बर्ष नै कुर्नुप¥यो । सन २०१० को ११ औ साग गेममा बंगलादेश विरुद्धको खेलमा नेपाली राष्ट्रिय टिममा उनले स्थान बनाइन । त्यसपछि सन २०१६ सम्म उनले राष्ट्रिय टिमबाट पछाडी फर्केर हेर्नुपरेन । पहिलो पटक राष्ट्रिय टिममा डेव्यु गर्दा उनको प्रर्दशन सनसनीपुर्ण थियो । बंगलादेश विरुद्ध जित निकाल्दा कप्तान जमुना गुरुङलाई क्रसपास दिएकी थिइन । वंगलादेश बिरुद्धको क्षण सम्झदै लक्ष्मी भन्छिन ‘ थोरै नर्भस थिए पहिलो पटक राष्ट्रिय टोलीबाट मैदानमा उत्र्दा तर आफुलाई प्रमाणित गर्दै गरेको एसिस्टले पहिलो साफको पहिलो खेलमा नै जित निकाल्यौ । ’ श्रीलंका विरुद्ध दोश्रो खेलमा उत्कृष्ट प्रर्दशनमात्र गरिनन् राष्ट्रिय टिमबाट व्यक्तीगत पहिलो गोल समेत गर्दा नेपाल ८–० ले बिजयी समेत भयो । त्यसपछि नेपालले खेलेको हरेक अन्तराष्ट्रिय खेलमा उनी पहिलो रोजाइको खेलाडीमा पर्न सफल भइन । २०१० मा नेपाललाई रजत पदक दिलाएपछि उनी सहायक हवल्दार पदमा बढुवा भइन ।
लक्ष्मीको खेलको बारेमा राष्ट्रिय टिमका पुर्व प्रशिक्षक ध्रुव केसी खुलेर प्रशंसा गर्छन । उनी भन्छन ‘ लक्ष्मीको खेल निकै उत्कृष्ट छ । विपक्षी खेलाडी छलाएर गोलको अवसर सृजना गर्नमा उनी माहिर छिन । नेपाली टिमका लागी उनको योगदान अतुलनिय नै मान्न सकिन्छ ।’
सन २०१२ को दोश्रो साफ गेममा श्रीलंका विरुद्ध गोल गर्दै आफनो टिमलाई फाइनलसम्म पु¥याइन । खेलको अतिरिक्त समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ३–० को जितका साथ फाइनल यात्रा तय गर्नमा उनको योगदान महत्वपुर्ण थियो । बक्स टु बक्स गोल गर्न माहिर मानिने लक्ष्मी १२ औ साग गेममा नेपाली टोलीको उपकप्तानको भुमिकामा थिइन । तर फाइनल खेलमा भने उनले कप्तानको आर्मव्यान्ड समेत लगाउने मौका पाइन् । कप्तान अनु लामाको स्थानमा प्रवेश गरेकी उनले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानको आर्मव्यान्ड लगाउने मौका पाइन ।
राष्ट्रिय टोलीमै रहदा उनी सन २०१४ मा लाइब्रेरिया शान्ति मिसन टोलीमा समेत खटिइन । करिब ७ महिना लाइब्रेरियामा बिताए पछि पुनः राष्ट्रिय टोलीमा स्थान बनाउदै आफनो खेल जिवन अगाडी बढाइन । तेश्रो महिला साफ अगाडी लाइब्रेरियाबाट फर्केका उनी सहित भगवती थापा, उषा भण्डारी र कप्तान अनु लामालाई २१ दिन क्याम्प बाहिर राखेर पुन: टोलीमा फर्काइयो ।
लक्ष्मीसंगै क्लब र राष्ट्रिय टिमकी सहकर्मी गोलरक्षक अम्बिका दाहाल भन्छिन ‘ लक्ष्मी आफनो भुमिकालाई न्याय गर्ने खेलाडी हुन । क्लबमा हुँदो होस या राष्ट्रिय टिममा उनको प्रर्दशन तारिफ योग्य नै हुन्थ्यो । फुटबल र लक्ष्मी पर्याय नै हुन भन्दा फरक नपर्ला ’
उनको खेलकौशलको सम्मान गर्दै गत अगष्टमा मुन ड्रप वेभवरेज रौतहटले ब्रान्ड एम्वासेडर नियुक्त गरेको छ । वेभरेजले उनलाई बार्षिक रुपमा १ लाख ५० हजार उपलव्ध गराउनेछ ।
आक्रमक मिडफिल्डर लक्ष्मी अन्य विपक्षी खेलाडीका लागी समेत चुनौती थिइन । सन २०१८ मा नै गिनिज बुकमा नाम लेखाउनका लागी जोडनमा आयोजित समानताका लागी फुटबल अभियानमा समेत उनले नेपालबाट प्रतिनिधित्व गरेर सहभागी जनाउने मौका पाइन ।
कुरा गर्दा गर्दै अन्त्यमा भावुक हुँदै उनले भनिन ‘ मेरो सफलताको सवै श्रेय शेरबहादुर गुरुलाई जान्छ । फुटबलमा मलाई ब्रेकथ्रु गराउने गुरु हामी माझ हुनुहुन्न तर उहाँको नाममा शेरबहादुर दलार्मी खेलमैदान बनिएछ खुशी लाग्छ । ’

हाल अमेरिका रहेकी उनीले त्यहा पनि अाफनाे फुटबल करियरलार्इ निरन्तरता दिइरहेकी छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार