इलाम । इलामको सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाको १, २, ३ र ४ को क्षेत्रमा किबि फलको जोन घोषणा गरि कार्यक्रम स्वीकृत भएपनि कार्यालयनै स्थापना भएको छैन । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्तगरगत इलाममो किबी जोन घोषणा गरि कार्याक्रम स्वीकृत गरेपनि आर्थिक वर्षको ३ महिना बित्न लाग्दा समेत परियोजनाको कार्यालय स्थापना नभएको हो ।
१० वर्ष अघिदेखि इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ३ बाट खेती शुरु भएको किबि इलामका किसानको आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ । किसानस्तरमा व्यवसायीक रुपमा खेती भएको किबिको उत्पादन, प्रशोधन र बजारीकरणका लागि सरकारले ‘किबि जोन’ संचालन गर्ने घोषणा गरेको थियो । किसान र स्थानीय सरकारको माग अनुसार संघ सरकारले ‘किबि जोन’ घोषणा गरेपनि समयमै कार्यक्रम संचालन नहुँदा किसान दुखित भएका छन् ।
‘किबि जोन’ कार्यक्रमका लागि अहिलेसम्म इलामको कुन स्थानमा कार्यलय राख्ने बिषयमा निर्णय भइनसकेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनका सुचना अधिकारी परशुराम रावतले बताउनुभयो । एक बरिष्ठ कृषि अधिकृत, एक कृषि अधिकृत, २ जना कृषि प्राविधिक साहायक, एक लेखापाल, एक नासु र २ जना कार्यालय सहयोगीको दरबन्दि भएपनि अहिलेसम्म २ जना प्राविधिक साहायक खटाएपनि कार्यलय नहुँदा अलमलमा परेका छन् । तीन वर्षसम्म संचालन हुने ‘किबि जोन’मा खेती विस्तार, उत्पादनमा वृद्धि, खेती गर्ने किसानलाई प्राविधिक सहयोग र बजारीकरणमा सहयोग गर्ने पहिलो आर्थिक वर्षको कार्यक्रम रहेको सुचना अधिकारी परशुराम रावतले बताउनुभयो । रावत अनुसार जोन कार्यक्रम संचालनका लागि मन्त्रालयले नै कर्मचारी तोकिनसकेका कारण कार्यक्षेत्रमा कार्यालय स्थापना नभएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी व्यवस्थापनको काम भइरहेकाले दशैपछि कार्यालय स्थापना गरि किबि जोनको कार्यक्रम शुरु गरिने परशुराम रावतले बताउनुभयो । कार्यालय स्थापनाको काम नभएको र कर्मचारी नखटाएका कारण ‘किबि जोन संचालन समति गठन हुन सकेको छैन । ९ सदस्य संचालक समितिमा किबि खेती गर्ने किसान, व्यवसायी सहभागि हुने नियम छ ।
इलामको सन्दकपुर गाउँपालिकासहित इलाम नगरपालिकाका चारवटा वडामा संचालन हुने किबी जोन कार्यत्रम ३ वर्षसम्म संचालन भएपछि राम्रो भएमा सुपर जोन कार्यक्रम लागु हुनेछ । किसानले सन्दकपुर गाउँपालिकामा परियोजनाको कार्यालय राख्न माग गरेका छन् । किबीका लागि पकेट क्षेत्रलाई दश हेक्टर, किबी ब्लकका लागि एक सय हेक्टर, किबी जोनका लागि पाँच सय हेक्टर र किबीको सुपर जोनका लागि एक हजार हेक्टर क्षेत्रफल निर्धारण गरिएको परियोजनाका सुचना अधिकारी परशुराम राउतले बताउनुभयो ।
राउतकाअनुसार तीन वर्षे जोन कार्यत्रम सफल र राम्रो रुपमा संचालन भएमा सुपर जोन घोषणा गरि थप ७ वर्षसम्म परियोजना सञ्चालन हुनेछ । किबीको उत्पादन, प्रशोधन तथा बजारीकरणमा केन्द्रि गरि विनियोजन गरिएको ७० प्रतिशत रकम मेसिनरी र ३० प्रतिशत रकम चालु खर्चका रूपमा खर्च गरिनेछ ।
योजना तर्जुमा भएर किसानसँगको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना काठमाडौँबाटै इलाम आएर एक पटक छलफल भएको र कार्यान्वयनको चरणमा औद्योगिकीकरण गर्दै प्रोसेसिङ, मार्केटिङ र व्यावसायिककरणमा किबी जोनको कार्यक्रमले किसानलाई सहयोग गर्ने कृषि विकास कार्यालय इलामका बरिष्ठ कृषि विकास अधिकृत राम सोगरथ साहाले बताउनुभयो ।
नेपालको १२ सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उच्चाइमा खेती गर्न सकिने किबीको उत्पादन इलामको सन्दकपुर गाउँपालिकाबाट खेती भिएको थियो भने उद्योग बाणिज्य संघले एक गाउँ एक उत्पादन कार्यक्रम लागु गरि बिस्तारमा सहयोग गरेको थियो । घरबाटै गाडी–गाडीमा व्यापारीले बनारमा लागे गरेपनि किबिको पछिल्लो चरणमा मुल्य कम भएको सन्दकपुर गाउँपालिका सुलुबुङ्गगुका किसान गोपाल खतिवडाले बताउनुभयो । व्यवसायिक रुपमा किबी खेतीबाट इलाममा गत आर्थिक वर्षमा तीन करोड ७९ लाख ५० हजार रुपैयाँको आम्दानी गरेका थिए । जिल्लामा एक सय ३५ मेट्रिक टन किबी उत्पादन भएको थियो । जुस, जाम, जेली बनाउन प्रयोग हुने किबी फल प्रतिकिलो तीन सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ ।