Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुपरमाई जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु

सुपरमाई जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु

  • सन्देश सम्बाददाता
  • बिहिबार, असोज २५ २०७५


सुपरमाई जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु

 इलाम । इलामको माईखोलामा निर्माण भइरहेको सुपरमाई हाइड्रोपावरले परिक्षण प्रशारण शुरु गरेको छ । आयोजनाले माईखोलाबाट अधिकतम ७ दशमलव ३४ क्युविसेक प्रतिसेकेन्ड पानी उपयोग गरी ७ दशमलव ८ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने गरि विद्युत आयोजनाको परिक्षण प्रशारण शुरु गरको हो ।
आयोजनाबाट उत्पादन भएको बिजुली नेपाल विद्युत प्राधिकरणको गोदक सवस्टेशन सम्म पु¥याएर राष्ट्रिय ग्रीड प्रणालीमा विद्युत समाहित हुने नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिन घिमिरेले बताउनुभयो ।
२०७८ चैत्र मसान्तभित्र निर्माण सम्पन्न गर्ने योजना भएपनि २०७५ असोज भित्र परिक्षण प्रशारण गर्ने आयोजनाले तयारी गरको थियो । माईखोलाको पानी फर्काउनको लागि वाँध, इन्टेक, वालुवा थिगार्ने पोखरी (डिसेन्डर वेसिन), २ किलोमिटर लामो फलामे हेडरेस पाइप, सर्ज टैंक, १३३ दशमलव ३ मिटर लामो कुल हेड पाइप, विद्युत गृह, स्वीचयार्ड, ३३ केभि प्रसारण लाइन जस्ता संरचनाहरु निर्माण सम्पन्न गरि बिहिबारबाट परिक्षण प्रशारण गरेको हो । यो आयोजना साविक सुम्वेक गाविस र बरबोटे गाविसमा अवस्थित रहेको छ । आयोजनाको वाँध क्षेत्र जोगमाई दोभान भन्दा तल रहेको छ भने विद्युतगृह दुधाङ्ग वेसीमा रहेको छ । कम्पनीले आयोजनाको निर्माणको लागि २०७३ चैतबाट निर्माणको काम शुरु गरेको थियो ।
सुपरमाई जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गर्न १ सय ५० करोड रुपैयाँ खर्च भएको छ । यो आयोजना निर्माणको ठेक्का भूगोल इन्फास्ट्रचर कम्पानी लिमिटेडले लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार