मानेभञ्ज्याङ(नेपाल) । मानेभञ्ज्याङमा जारी चौथो संस्करणको मानेभञ्ज्याङ गोल्डकपको उपाधीको लागी युनाइटेड ब्रदर कालेम्पोङ र गुम बोइज दार्जिलिङबिच आज प्रतिस्पर्धा हुँदैछ । फाइनल प्रवेशका लागी कालेम्पोङले पहिलो सेमीफाइनलमा चर्च व्वाइज काठमाण्डौको चुनौती २–१ ले पन्छाएको थियो भने दार्जिलिङले विराटनगर ११ लाई ३–२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
गत भदौ ३० गतेबाट जारी प्रतियोगितामा नेपाल र भारतका २२ वटा क्लबको सहभागीता रहेको थियो । प्रतियोगिताको बिजेताले नगद ३ लाख २० हजार र उपविजेताले नगद १ लाख ६० हजार रुपैया प्राप्त गर्नेछ । त्यसैगरी सेमीफाइनल पुग्ने विराटनगर र काठमाण्डौले जनही २५ हजार रुपैया प्राप्त गरे ।