Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामेली चिया उत्पादक सहकारीको साधारणसभाको उद्घाटन, २० गते नेतृत्व चयन हुने

इलामेली चिया उत्पादक सहकारीको साधारणसभाको उद्घाटन, २० गते नेतृत्व चयन हुने

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असोज १२ २०७५


इलामेली चिया उत्पादक सहकारीको साधारणसभाको उद्घाटन, २० गते नेतृत्व चयन हुने

इलाम । सूर्योदय नगरपालिका १० स्थित इलामेली चिया उत्पादक सहकारी संस्था लिमिटेडको ९ औँ बार्षिक साधारणसभा शूरु भएको छ । सहकारी अध्यक्ष कृष्णप्रसाद सुवेदीको अध्यक्षतामा भएको साधारणसभाको सूर्योदय नगरपालिकाका प्रमुख रनबहादूर राईले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका सदस्य लक्ष्मीप्रसाद खतिवडाले सुभकाना मन्तव्य राख्नुभएको थियो भने संस्थाको स्थापना र भावि योजनाका बारेमा सदस्य मुक्क्ता सर्माले उपस्थितलाई जानकारी गराउनुभएको थियो । सहकारीले गरेका कामका बारेमा निर्वतमान अध्यक्ष कृष्णप्रसाद सुवेदीले उपस्थित सेयर सदस्य र अतिथिलाई प्रगति प्रस्तुत गर्नुभएको थियो । प्रगति प्रस्तुत गर्दै अध्यक्ष सुवेदीले खारेज हुन लागेको सहकारी संस्थालाई सक्रिय बनाएर चिया उद्योग स्थापनासँगै चिया उद्योग र किसानको बगानलाई अर्गानिकरण प्रमाणिकरण गरिएको बताउनुभयो । २०७३ सालबाट १० रोपनी क्षेत्रफलमा चिया कारखाना निर्माण गरि सहकारीले अहिले हरियो चिया पत्ति प्रशोधन शुरु गरेको छ । चिया कारखाना चिया तथा कफि विकास बोर्डको ७५ लाख अनुदान, उन्नती समावेशी कार्यक्रमको ६४ लाख अनुदान र कृषि विकास बैंकबाट लिएको ६३ लाख ऋणबाट निर्माण सम्पन्न गरिएको अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।
शेयर पुँजी र चिया तथा कफि विकास बोर्डको ७५ लाख अनुदानबाट कारखानास्थलको रिटेनिङ्ग वाल, ४ कोठा भएको १ तले भवन, रोलिङ्ग टेबल, हिटर तथा फुट डायर, जेनेनेटर, कारखानाको सुरक्षा घेरा, ट्रस तथा छाना, चिम्नी राख्ने स्टेन, निकास नाली निर्माण गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

यस्तै टेष्टिङ्ग कोठा, कन्भेयर प्रविधि जडान, जनेनेटर घर निर्माण तथा जाभा टर्नेल, शौचालय, विद्युत जडान तथा वाइरिङ्ग, ट्रपको ६० प्रतिशत काम, हाईटेण्ड लाइन विस्तार र टि ओ डी मिटर खरिद गरिएको प्रतिवेदनमा उल्लेख छ ।
उन्नती समावेशी कार्यक्रम अन्तरगत र ऋण मार्फत पनि कारखाना भवन निर्माण तथा अर्गानिक प्रमाणिकरणका काम गरिएको अधिवेशनमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । उन्नती समावेशी कार्यक्रम र बैंकको ऋणबाट कारखना वरिपरि पेटि तथा नालि निर्माण, कारखाना अघिल्लो भाग ढलान, कारखाना भित्र टाइल्स लगाउने, कोठा निर्माण तथा सिलिङ्ग निर्माण, गाडि खरिद गरिएको प्रतिवेदनमा उल्लेख छ । साधारणसभाको उद्घाटन सत्रमा प्रस्तुत गरिएको प्रतिवेदनमा कारखाना संचालन, एक सय घर किसान तथा कारखना अर्गानिक प्रमाणिकरणमा निरन्तरता, ऋण तथा बचत कार्यक्रम संचालन, थप एक सय किसानको प्रमाणिकरण, जग्गा खरिद, बजारीकरण तथा प्याकेजिङ्गको काम आगामि दिनमा गर्नुपर्ने उल्लेख छ ।
यस्तै ऋण फिर्ता, योजना तर्जुमा तथा कारखाना संचालन, चालु पुँजी तथा आर्थिक र प्रमाणिकरणमा निरन्तरतामा चुनौती रहेको शेयर सदस्यलाई जानकारी गराइएको थियो । २०६३ सालमा दर्ता भएको सहकारी संचालनपछि विभिन्न संघसंसंस्थाको सहयोगले अवसरहरु सिर्जना गरेको साधारणसमा प्रस्तुत गरिएको थियो । सहकारी संस्थाले पञ्चवर्षीय योजना निर्माण गर्नु, प्रथम वर्षको आई एम ओ अर्गानिक प्रमाणपत्र प्राप्त गर्नु, सहकारी संस्था सदस्यको चिन भ्रमण, भारतीय राजदुताबासको सहयोगमा २ महिने प्राविधिक तालिम, राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा पहिचान, नेपालका बिषयगत १ सय ११ सहकारीमध्ये प्रथम हुनु, पर्याप्त भवन कोठा निर्माण र चिया पर्यटनको प्रवद्र्धन सहकारी संस्थाका उपलब्धि रहेको साधारणसभाको उद्घाटन सत्रमा प्रस्तुत गरिएको थियो ।
अशोज २० गते नयाँ नेतृत्व चयन गर्ने सहकारी संस्थाको उद्घाटन सत्रमा सूर्योदय नगरपालिकाका प्रमुख रनबहादूर राई, वडा नम्बर ९ वडाध्यक्ष देवेन्द्र सर्मा, चिया तथा कफि विकास बोर्ड चिया विस्तार आयोजना फिक्कलका प्रमुख इन्द्र अधिकारी, सूर्योदय नगरपालिका सहकारी तथा संघ संस्था प्रमुख देबेन्द्र राई, सूर्योदय नगरपालिका १२ का वडाध्यक्ष डोलेन्द्र भारद्धज, उन्नती समावेशी कार्यक्रमका सुमन बरालले सुभकामना मन्तव्य राख्नुभएको थियो भने संस्थाका सचिव तोयानाथ सर्माले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार