Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

 सेमीफाइनल प्रवेशका लागी आज फिक्कल र विराटनगर भिडदै

 सेमीफाइनल प्रवेशका लागी आज फिक्कल र विराटनगर भिडदै

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असोज १२ २०७५


 सेमीफाइनल प्रवेशका लागी आज फिक्कल र विराटनगर भिडदै

मानेभञ्ज्याङ। चौथो मानेभञ्ज्याङको गोल्डकपको अन्तिम क्वाटरफाइनलमा फिक्कल एफसी र विराटनगर ११ भिडदैछन । विराटनगरले आयोजक मानेभञ्ज्याङ फुटबल क्बल र फिक्कलले गोर्खा रेजिमेन्टलाई हराँउदै क्वाटरफाइनल प्रवेश गरेका हुन । त्यसैगरी विहिवार भएको तेश्रो क्वाटरफाइनल खेलमा नर्थ बंगाल आर्म पोलिसलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चर्च व्वाइज क्लबकाठमाण्डौ सेमीफाइनल प्रवेश गरेको छ ।

काठमाण्डौको जितमा रमेश राजवंशी र साइमन लिम्बुले २÷२ गोल गरे भने भुषण सुव्वाले १ गोल गरे । खेलको म्यान अफ दि म्याच राजवंशी घोषित भए । फाइनल प्रवेशका लागी अब चर्च व्वाइजले युनाइटेड ब्रदर कालेम्पोङको सामना गर्नेछ । कालेम्पोङले डिफेन्डिङ च्याम्पियन झापा–११ लाई हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । असोज १६ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका २२ क्लबको सहभागीता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार