Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

  • ध्रुब फागो
  • आइतबार, भाद्र ३१ २०७५


सन्दकपुर । पूर्वी पहाडी जिल्लामा व्यवसायीक जडिबुटी विस्तारमा काम गर्दै आएको उच्च पहाडी संस्था नेपालको १२ औं साधारणसभा सम्पन्न भएको छ । उच्च पहाडी संस्थाको भवन सन्दकपुर गाउँपालिका ३ मा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दिपक लुङ्गेलीको अध्यक्षताम तथा सन्दकपुर गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य हरि लुङ्गेलिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
साधारणसभा सभा बाट ३ वर्षका लागि ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको अध्यक्षमा दिपक लुङ्गेलि उपाध्यक्षमा रमिला बुर्जा सचिवमा दिनेश सुवेदी सह सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा लिला बुर्जा चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा क्रमश स्टीका माया गुरुङ ,जयराम तामाङ ,बुद्धमाया सुवेदी, मनोधरा बस्नेत ,राम राई, दिनेश ढकाल रहनु भएको समिति गठन भएको छ । नवगठित समितिका पदाधिकारी तथा सम्पुर्ण सदस्यहरुलाई कार्यक्रमका अतिथिहरुले सफल कार्यकालको बधाई तथा सुभकामना दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार