Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगर प्रमुख रणबहादूर राई डेनमार्क प्रस्थान

सूर्योदय नगर प्रमुख रणबहादूर राई डेनमार्क प्रस्थान

  • सन्देश सम्बाददाता
  • शनिबार, साउन २६ २०७५


सूर्योदय नगर प्रमुख रणबहादूर राई डेनमार्क प्रस्थान

सुर्योदय । नेपालको पहाडी जिल्लाको सबैभन्दा ठुलो सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राई डेनमार्क प्रस्थान गरेका छन् । डेनमार्क सरकारको निमन्त्रणामा Policy Making सम्मेलनमा भाग लिन  राई गएराती कोपेनहेगन प्रस्थान गरेका हुन् । नगरपालिकाको तर्फबाट बिदेश भ्रमणका लागि २५ दिनको स्वीकृती लिएका मेयर राई डेनमार्ककाे भ्रमणपछि नेदरल्याण्डको भ्रमणमा जाने योजना रहेको छ ।


सुर्योदय नगरपालिका मेयर राईसँग धनकुटास्थित महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपाल पनि डेनमार्क प्रस्थान गरेका छन् । डेनमार्क भ्रमणका क्रममा नागरीक समाज, संघ संस्था र सरकारको प्रतिनिधिहरूसंग छलफल हुने बताइएको छ । सूर्योदय नगरपालिका नगर प्रमुख राईले कृषि, पशु र पर्यटन छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार