Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको रोङ गाउँपालिका स्थित सानी पाथिभरा क्षेत्र पर्यटक खचाखच

इलामको रोङ गाउँपालिका स्थित सानी पाथिभरा क्षेत्र पर्यटक खचाखच

  • सन्देश सम्बाददाता
  • बिहिबार, साउन २४ २०७५


इलामको रोङ गाउँपालिका  स्थित  सानी पाथिभरा क्षेत्र पर्यटक खचाखच

इलाम  । पूर्वी इलामको रोङ गाउँपालिका ३ मा अवस्थित सानी पाथिभरा क्षेत्र आन्तरीक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको     छ ।

आन्तरिक पर्यटक तथा भक्तजनको मात्रै आउने पाथिभरा क्षेत्रमा अहिले नेपाल बाहेक भारत, बंगलादेश र भुटानसम्मका भक्तजनको आकर्षणको केन्द्र भएको हो ।


चिसो मौसमका कारण पूर्वी नेपालको तराई क्षेत्रसँगै भारत, भुटान र बंगालादेशका पर्यटकहरुले पाथिभरा क्षेत्रको भ्रमण गर्दै आएका छन् । धार्मिक महत्वका कारण भक्तजनको भिडले खचाखच हुने पाथिभरा क्षेत्र समुद्री सतहबाट १ हजार ८ सय चालिस मिटरमा अवस्थित रहेको छ ।

ताप्लेजुङ्ग जिल्लामा रहेकी पाथीभरा देवीको अन्तरी बहिनी भनेर चिनिने यस क्षेत्रलाई सानो पाथीभरा मानिदै आएकाले दैनिक २ हजार पर्यटक तथा भक्तजनले भ्रमण गर्दै आएको पाथिभरा संरक्षण समितिका सचिव दिलिप राईले बताउनुभयो ।


प्रत्येक शनिबार र मङ्गलबार पर्यटक र भक्तजनको भिड लाग्ने गरेको मन्दिरमा विवाह ब्रतबन्ध तथा पुराण जस्ता उत्सव नियमित हुँदै आएका छन् ।

यहाँ विक्रम संम्बत २०५१ सालमा विधिवत रुपमा पाथीभरा मन्दिर संरक्षण समिति गठन भएपछि यहाँको व्यवस्थित विकासको काम हुँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार