इलाम । एभरेष्ट स्पेसल बचत खाता खोलेर कारोबार गर्दै आएका इलाम सूर्योदय १० का विनोद कुमार घट्टानीलाई उपचार बिमा बापतको रकम हस्तान्तरण गरिएको छ । एभेरेष्ट बैंकको फिक्कल शाखामा स्पेशल बचत खाता खोलेका घट्टानीलाई बुधबार उपचार बिमा बापतको ६४ हजार ९ सय २१ रुपैयाँ प्रदान गरिएको हो ।
सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले घट्टानीलाई उपचार बिमा बापत पाउने ६४ हजार ९ सय २१ रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । काठमाडौँ उपत्यकामा २५ हजार रुपैयाँमा खोल्न सकिने बैंकको एभरेष्ट स्पेसल बचत खाता काठमाडौँ बाहिर १० हजार रुपैँयामा खोल्न सकिने बैंकको व्यवस्था छ ।

एभरेष्ट स्पेसल बचत खाता खोल्ने ग्राहाकले पाँच लाख बराबरको दुर्घटना मृत्यु बिमा र बार्षिक १ लाख बराबरको उपचार बिमाको सुविधा रहेको बैंकका फिक्कल शाखा प्रबन्धक बिकि बडेलले बताउनुभयो । नेपाल र भारतका जुनसुकैँ अस्पतालमा उपचार गरेपनि यो सुविधा खाता संचालकले पाउने व्यवस्था रहेको बैंकका अपरेसन इञ्चार्ज प्रेम कार्कीले जानकारी दिनुभएको छ ।
एभरेष्ट स्पेसल बचत खाता खोलेका बैंकका ग्राहाकले ए टि एम, एसएम एस सेवा र सेयर कारोबार निसुल्क रुपमा पाउनेछन् भने लकर सेवामा पचास प्रतिसत छुटको व्यवस्था रहेको छ ।