इलाम । आयोजक विरुद्ध कठिनाइ जित निकाल्दै मनाङ मस्याङदी क्लब इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । ठुलो टुडिखेलमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा मनाङले आयोजकको चुनौती १–० ले पन्छाएको हो ।
पहिलो हाफको ३७ औ मिनेटमा अफ्रिकन खेलाडी काचीले गरेको गोल नै निर्णायक बन्यो । हेमन गुरुङको फ्रिकिकलाई हेड मार्फत गोल गर्दै काँचीले मनाङलाई सेमीफाइन पु¥याउन सफल भए ।
खेल अवधीमा पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा आयोजक क्वाटरफाइनलबाटै बाहिरिएको हो । पहिलो हाफको १९ औ मिनेटमा आयोजकका मनिस थापाले मनाङको डिफेन्स लाइन चिदै प्रहार गरेको बल मनाङका गोलरक्षक विशाल श्रेष्ठले बचाउ गरेका थिए ।
दोश्रो हाफमा मनाङका गोलरक्षक विट भएको अवस्थामा आयोजकका तिर्थ बस्नेत गोल गर्नबाट चुके । दोश्रो हाफमै काउन्टरमा भएको बल आयोजकका खेलाडीले गोलपोष्टमा प्रहार गर्न सकेनन् ।
मनाङले पनि केही राम्रा अवसरहरुलाई गोलमा परिणत गर्न सकेन । खेलको तेश्रो मिनेटमा नै हेमन गुरुङको प्रहार गोलरक्षक सोजित गुरुङले बचाएका थिए । पहिलो हाफको २२ औ मिनेटमासुवास गुरुङको प्रहार बारमा लागेर बाहिरिएको थियो ।
दोश्रो हाफमा हेमनको फ्रिकिकलाई काँची गरेको हेड देव्रे बार नजिकैबाट बाहिरिएको थियो । दोश्रो हाफको ४२ औ मिनेटमा काँचीको प्रहारलाई सोजितले पन्च गर्दै बाहिर पठाएका थिए ।
मनाङ कप्तान विराज मर्हजन सहित ६ जना नेपाली राष्ट्रिय टोलीका खेलाडी सहित मैदान उत्रिएको थियो भने आयोजक उमेर समुहका ४ जना राष्ट्रिय खेलाडी सहित मैदान उत्रिएको थियो ।
आयोजकले क्वाटरफाइनल प्रवेशका लागी कास्की–११ लाई ३–२ गोल अन्तरले हराएको थियो भने मनाङ सिधै बाइ पाएर क्वाटरफाइनल प्रवेश गरेको थियो । खेलको म्यान अफ दि म्याच आयोजकका तिर्थ बस्नेत घोषित भए ।
अघिल्लो संस्करणमा मनाङ नेपाल पुलिस क्लबसंग १–० ले पराजित बन्दै क्वाटरफाइनलबाट बाहिरिएको थियो । प्रतियोगिता अन्र्तगत मंगलबार दोश्रो क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन झापा–११ र विभागीय टोली एपिएफ आमनेसामने हुँदैछन ।
खेलपछि प्रतिक्रिया दिँदै मनाङका कप्तान विराज मर्हजनले इलाममा उमेर समुहका राष्ट्रिय खेलाडीहरु सम्मिलित भएकाले जित निकाल्न निकै मेहनत गर्नुपरेको बताए ।
यता इलामका कप्तान सुवास राईले सोचे भन्दा राम्रो खेल प्रर्दशन भएको बताए । उनले अनुभव कम भएको कारण मनाङ जस्तो उपाधीको दावेदार टिमसंग पराजित हुनु परेको प्रतिक्रिया दिए ।