दिपेश गुरुङ इलामको पुर्वी क्षेत्र सुर्योदय नगरपालिका–१० फिक्कलका बासिन्दा हुन । इलाम क्षेत्र नं १ को खेलकुद प्रर्वद्धनमा लागेका उनी जिल्ला खेलकुद विकास समितीको उपाध्यक्ष र जिल्ला फुटबल संघका सदस्य समेत हुन । २०३७ साल पौष २२ गते तत्कालिन पञ्चकन्या गाविस–७ मा देवान गुरुङ र मिनु गुरुङका जेठा छोराको रुपमा जन्म लिएका हुन । आफनो विद्यालय तह आइतबारे स्थित कन्काई बोडिङबाट उर्तिण गरेका उनले २०५४ सालमा विर्तामोड स्थित लिटिल फ्लावर बोडिङ स्कुलबाट एसएलसी उर्तिण गरेका थिए । पुर्वको हरेक खेलकुद गतिविधी प्रर्वद्धनमा सक्रि गुरुङसंग इलामको खेलकुद गतिविधीको बिषयमा स्थानिय सन्देश साप्ताहिकको लागी सहसम्पादक नमीन ढकालले गरेको कुराकानीको सम्पादित अंश
तपाई खेलकुद क्षेत्रमा कसरी आउनुभयो ?
इलामबाट झापा अध्ययनका क्रममा होस्टल बस्दा बिशेष फुटबल र क्रिकेट खेलमा रुची थियो । एसएलसीपछि काठमाण्डौ पढन जाँदा खेल जिवन पनि संगसंगै अघि बढाए । काठमाण्डौ पुगेपछि क्रिकेट खेल रोजे । झापामा हुँदा फुटबलको झुकाव रहेपनि काठमाण्डौमा रहेका साथीहरु क्रिकेट खेल्ने भएकाले त्यहाँ आयोजित केही प्रतियोगिताहरु खेले ।
फुटबल र क्रिकेटका कुन स्तरका प्रतियोगिताहरु खेल्नुभयो ?
मैले चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रिय छनौटमा गोलकिपर रहेर खेलेको थिए । संयोगवश इलामबाट छनौटको नाम प्रकाशन नभएपछि झापाबाट क्षेत्रिय छनौटमा परि पुर्वाञ्चल स्तरिय प्रतियोगिता छनौट खेल्न सप्तरी गएको थिए ।
खेलकुद विकास समितीमा आवद्धता कहिलेबाट भयो ?
चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता लगतै सरकारी सेवामा प्रवेश गरी जागिरे रहँदा पनि फुटबललाई करियर सम्झेर अघि बढ्ने कोसिस गरे । तर कठिनाइका कारण निरन्तर हुन सकेन । २०६३ सालपछि सरकारी सेवाबाट राजिनामा दिएर निरन्तर इलाम क्षेत्र नं १ मा रहेर खेलकुद प्रर्वद्धनमा लागे । बिशेष गरेर क्रिकेट र खेलाडी उत्पादनमा लागे । अहिले सुर्योदय नगरपालिका ११ करफोकमा क्रिकेट पिच बनाएर खेलाडीहरुलाई प्रशिक्षण दिँदैछौ । २÷४ बटा झापा र इलामका टिमहरु समावेश गरेर प्रतियोगिता आयोजना गरियो । २०७१ सालमा राष्ट्रिय टिमका पुर्व गोलरक्षक लोकबहादुर शाहीसंग सम्र्पक भयो उहाँकै सहयोगमा हामी इलाम क्षेत्र नं १ कै सवैभन्दा ठुलो प्रतियोगिता नेपाल कपको प्रथम संस्करण आयोजना ग¥यौ । जुन भव्यताका साथ सफल भयो । दोश्रो संस्करण पनि गत बर्ष भव्यताका साथ नै सफल भयो । दोश्रो संस्करणमा मेरो अनुपस्थित भएपनि साथीहरुले सफल बनाउनुभयो । त्यसै क्रममा २०७२ सालमा तत्कालिन राखेप सदस्य सचिव युवराज लामाको कार्यकालपछि केशबकुमार विष्टले कार्यभार सम्हालेपछि जिल्लाबाट नेपाली कांग्रेसले आफनो कोटामा उपाध्यक्ष र सदस्यहरुको नामावली पठाउदा उपाध्यक्ष मेरो नाम परेको थियो त्यो सर्वसम्मत अनुमोदन भएर आयो ।
खेलकुदको इलाम उर्वर भुमी हो यहाँबाट विभिन्न खेलका राष्ट्रिय खेलाडी उत्पादन भएर तर उनीहरुको गुनासो जिल्लाले प्रर्वद्धनमा सहयोग गरेन भन्ने छ ।
अब ति खेलाडीहरुको गुनासो सम्वोधन गर्दै खेलकुद विकासमा कस्ता योजना छन ?
सर्वप्रथम भन्नुपर्दा नेपालमा सवैभन्दा भताभुङग क्षेत्र खेलकुद हो । यहाँ जति पनि आएका छन नेतृत्व नयाँ लक्ष्य र भिजन लिएर आएका छैनन् । जति आउनुभयो उहाँहरुले आफनो बाचा पुरा गर्नुभएन । किन भने भताभुङग देशको लथालिङग चाल भने झै खेलकुदको अवस्था त्यही छ । जहाँसम्म खेलाडी सम्मानको कुरा छ हामी कार्यभार सम्हाल्यौ तत्कालिन अध्यक्ष जितबहादुर राई जो हाल माइजोगमाई गाँउपालिका अध्यक्ष हुनुहुन्छ । तर उहाँ र हामीले कार्यभार सम्हाल्दाको अठोट के थियो भने सवैभन्दा पहिला खेलकुदलाई सदरमुकाम मात्र केन्द्रित नगरी गाँउगाँउ पु¥याउने, गाँउका प्रतिभावान खेला प्रतिभा उजागर गरी सरकारद्धारा संचालित राखेप च्याम्पियनसिप, राष्ट्रिय प्रतियोगिता, जिल्ला स्तरिय प्रतियोगितामा गाँउका प्रतिभावान खेलाडी छनौट गर्ने, आग्रहपुवाग्रह नगरी मेहनतको आधारमा छनौट गरी पठाउनुपर्छ र त्यही योजना अनुरुप पदमा रहँदै गर्दा राखेपले सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भयो । सफल पनि भयौ । हामीले विगतमा जस्तै सदरमुकाम केन्द्रित नभइ साविकको ३ बटै निर्वाचन क्षेत्रमा स्वयमसेवक खटाइ राम्रो भन्दा राम्रो टिम तयार गरी पठाएको थियौ । सायद अहिलेसम्मकै सफल टिम हो । महिला र पुरुष दुवैमा राम्रो खेलाडी पठाएको थियौ । र्दुभाग्यवश पुरुष टिम काकडभिट्टामा भएको प्रतियोगितामा दोश्रो चरणमात्र पार गर्यो भने लेटाङमा संचालन भएको महिला टिममा फाइनलको उपविजेता भयौ । पुरुष फुटबलमा सहभागी मनिष थापा र छिरिङ गूरुङ पुर्वाञ्चल टिमबाट छनौट भएर राम्रो प्रर्दशन गरेर आए त्यो हाम्रो आंशिक सफलता हो ।
भर्खरै सम्पन्न प्रधानमन्त्रीकप क्रिकेटमा राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्री नेतृत्वको पुर्वाञ्चल टिम एपिएफसंग पराजित हुँदै उपबिजेता भयो । तपाइलाई थाहै होला त्यो टिममा ३ जना इलामका खेलाडी थिए ति लगायत अन्य खेलाडी पलायन रोक्न कस्ता योजना बनाउनुभएका छ ?
कार्यक्रम यस्तो छ की हामीले ल्याउने भन्दा पनि संघले ल्याएको कार्यक्रमलाई प्राविधिक सहयोग गर्ने हो । तपाइले भनेको प्रधानमन्त्री कपको उपविजेता पुर्वाञ्चल टिममा इलामका खेलाडीहरु भनेको जानुका खवास, पुष्पा मगर र संगम तामाङ हुन । उनीहरुको बिषयमा भन्नुपर्दा जिल्ला क्रिकेट संघका अध्यक्ष एमबी सरलाई भनेका छौ । प्राविधिक सहयोग चाहिएमा उपलव्ध गराउछौ । जस्तो ग्राउन्ड अभाव थियो भर्खरै इलाम नगरपालिका मातहतको माइ भगवती टापुको खेलमैदान खेलकुद विकास समितीको मातहतमा अधिग्रहण गर्ने भइसकेको छौ । ठाँउ त राम्रो छ अलिकती सम्याउन मात्र हो । नगरपालिकासंग समन्वयमा त्यो काम पनि गर्नेछौ । इलाम नगरप्रमुख महेश बस्नेतसंग कुरा गर्दा उहाँ सकारात्मक नै हुनुहुन्छ । हामीले संघहरुलाई प्रोत्साहन गर्ने हो ग्राउन्ड खेलकुद सामाग्री लगायतको व्यवस्थापनमा हामीबाट हुने सम्पुर्ण सहयोगका लागी बिना हिच्किचाहट उपलव्ध गराउँछौ । प्रत्यक्ष रुपमा सहयोग दिन नसकेपनि कुनै माध्यमबाट उपलव्ध गराउनेमा प्रतिवद्ध छौ । यो कुरा हामीले विभिन्न समयमा सरोकारबाला निकायलाई पनि भन्ने गरेका छौ । इलामका समग्र खेलाडीहरुलाई उत्साहित बनाएर व्यक्तित्व विकासमा हाम्रो सदासर्वदा सहयोग रहनेछ । माइभगवती टापुका ३४० रोपनीको स्र्पोटस कम्प्लेक्सको डिपीआर भएर आएको छ त्यो निर्माण चरणमा प्रवेश गर्नुपुर्व नै अहिले क्रिकेट लगायत अन्य आउटडोर गेमको लागी अभाव छ अहिले रहेको टुडिखेल प्राविधिक रुपमा उपयुक्त छैन लम्वाइ चौडाइ नै मिल्दैन त्यो समस्याको विकल्प माइ भगवती टापु नै हो । त्यहाँ खेलकुद सम्वन्धी संस्थाहरुले निर्माण व्यवसायी वा खेलप्रेमीबाट एक÷डेढ लाख सहयोग प्राप्त भएमा सम्याउन सजिलो हुन्छ । त्यहाँ तत्कालको लागी क्रिकेट अभ्यास मात्र नभइ प्रतियोगिता नै संचालन गर्न सकिन्छ । क्रिकेट संघमा आन्तरिक गृहकार्य भएका जानकारी प्राप्त भएको छ । त्यो अवसर पनि हो । यातायातको लागी इलाम बजारबाट टाढा होला तर खेलाडीले बुझनुपर्ने कुरा के छ भने खेलमैदान सहरविचमा हुँदैन ४÷५ किलोमिटर टाढा नै हुन्छ । त्यसलाई मनन् गरेर २÷४ पैसाको लोभ नगरी खर्च गरेर मेहनत गर्दा क्षमतावान खेलाडीको इलाममा कमी छैन ।
अहिले मुलुक स्थानिय तहमा गइसकेको छ । जिल्ला खेलकुद विकास समितीको कस्तो संरचना रहनेछ जानकारी केही पाउनुभएको छ ?
जानकारीभन्दा पनि केही हदसम्म सुचना आएको छ तर आधिकारिक भने हैन । त्यसैले अहिले नै भन्न सक्ने अवस्था छैन । मन्त्रालयहरु पनि गाभिने क्रममा छ पछि समन्वय समितीको रुपमा रहने की अहिलेकै अवस्था त्यो चाही यकिन छैन ।
१० औ राष्ट्रपती रनिङ शिल्ड नजिकिदै छ त्यसको तयारी कस्तो भइरहेको छ ?
विगतमा जस्तौ युद्धस्तरमा नै चलिरहेको छ । यहाँ युद्धस्तर किन प्रयोग गरे भने केन्द्रले जहिले पनि लागतको सानो हेक्का नराखी बजेट पठाउँछ । विगतमा जस्तै यसपाली १० औ संस्करण चलाउन सरोकारवालासंग छलफल गरी खाका बनाएका छौ । गत बर्ष ३ वटा क्षेत्रको लागी बजेट बिनियोजन भएकोमा हाल २ वटा मात्र भएकोले बजेट घटाएर आएको छ । तर केन्द्रले हेक्का राखेन की निर्वाचन क्षेत्र घटदैमा सहभागी विद्यालय घटदैन । तर हामी चुप लागेर बसेका छैनौ । १० औ राष्ट्रपती रनिङ शिल्ड सभ्य र भव्य रुपमा सम्पन्न गराइछाड्छौ । यसपाली क्षेत्र नं १ को सुर्योदय नगरपालिकाको करफोक खेलमैदान र २ नं को देउमाइको भानुभक्त माविमा हुँदैछ । दुवै क्षेत्रमा ५÷५ वटा क्लष्टरहरु सहभागी हुनेछन । यस अन्र्तवार्ता मार्फत चैत्र २१ देखी २३ गतेसम्म संचालन हुने छनौट खेलमा आफनो विद्यालय सहभागी गराइदिनुहुन प्रधानाध्यापक र विद्यालय समितीसंग आग्रह गर्दछु ।
अन्त्यमा खेलकुद क्षेत्र, खेलप्रेमी र इलामका शालिन दर्शकलाई केही भन्नु छ की ?
जिल्ला खेलकुद विकास समितीको उपाध्यक्ष मात्र नभइ व्यक्तिगत रुपमा म भन्छ की पदमा रहे पनि या नरहेपनि जिल्लामा हुने जे जति प्रतियोगिता छ खासमा भन्दा यस्ता प्रतियोगिता हो खेलाडी उत्पादन गर्ने फेक्ट्री । राज्यको कुनै लगानी छैन काही थोर बहुत होला तर पर्याप्त छैन । इलामका जति पनि प्रतियोगिता संचालक छन उनीहरुलाई धन्यवाद दिन चाहन्छु । उनीहरुकै कारण मोफसलमा खेलकुद टिकेको भन्न हिच्किचाउदिन । मोफसलमा यस्ता प्रतियोगिताहरुको लागी जे जस्तो हुन्छ खेलकुद विकास समितीले कम्तीमा सानो सहयोग नगरेको रेकर्ड छैन ।
अहिलेको परिप्रेक्षमा खेलकुद समितीमा नगद दिने भन्ने बजेट छैन तर विभिन्न शिर्षक कटौती गर्दै ५ देखी २० हजार सहयोग दिँदै आएका छौ । निकट माइभ्याली गोल्डकपको लागी गत बर्षबाट राखेपबाट प्रत्येक बर्ष ५ लाख सहयोग घोषणा भएको छ । गत संस्करणमा प्रमुख अतिथीका रुपमा आउनुभएका सदस्य सचिव केशबकुमार बिष्टले घोषणा नै गर्नुभयो ५ लाख दिने । आगामी दिनमा खेलकुद समितीकाृे उपाध्यक्ष रहे पनि नरहेपनि सहयोग गर्नेछु ।