Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लोक्ता र अर्गेली खेतीबाट व्यवसायीक बन्दै इलामका किसान

लोक्ता र अर्गेली खेतीबाट व्यवसायीक बन्दै इलामका किसान

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन २८ २०७४


लोक्ता र अर्गेली खेतीबाट व्यवसायीक बन्दै इलामका  किसान

फिक्कल । लोक्ता र अर्गेली खेतीबाट इलामका किसानले आम्दानी लिन थालेका छन् । इलाममा वि.स २०४० साल अघिबाट खेती गरिदै आएको लोक्ता र अर्गेली अव्यवस्थित कटान र फडानीका कारण मासिदै गएको थियो ।

जिल्ला वन कार्यालय, जडिबुटि सम्बन्धि काम गर्दै आएका गैरसरकारी संस्थाले यसको महत्व तथा कटान सम्बन्धि सचेतना जगाएपछि किसान आफैले संरक्षण गरि व्यवसायीक रुपमा खेती गर्दै आएका छन् ।

नेपाली कागज बनाउने र जापानी नोट बनाउन प्रयोग गरिने लोक्ताको स्थानीयस्तरमै कागज उद्योग स्थापना समेत हुदै आएको छ । चेतना अभावका कारण अनियन्त्रित रुपमा फडानीका कारण लोप भएपनि अहिले किसानको जागरणका कारण लोक्ता र अर्गेलीको खेती हुदै आएको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले बताए ।

लोक्ता र अर्गेलीको बोक्रा गुणस्तर हेरेर प्रतिकेजी ९० रुपैयाँदेखि १ सय ८० रुपैयाँ सम्म बिक्रि हुने गरेको छ । तर कम गुणस्तरको लोक्ताको बोक्रा भने न्यूनतम ७५ रुपैयाँमा बिक्रि हुने गरेको चमैताका किसान आस बहादुर राई बताउँछन

प्रतिक्रिया
सम्बन्धित समाचार