Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

 मेयर कपमा मेचीका एघार टिम भिड्ने, अायाेजककाे फितलाे व्यवस्थापन

 मेयर कपमा मेचीका एघार टिम भिड्ने, अायाेजककाे फितलाे व्यवस्थापन

  • नमीन ढकाल
  • बुधबार, फाल्गुन १६ २०७४


 मेयर कपमा मेचीका एघार टिम भिड्ने, अायाेजककाे फितलाे व्यवस्थापन

फिक्कल ।  सुर्योदय नगरपालिकाको आयोजनामा फागुन १९ देखीे प्रथम सुर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगितामा मेची अञ्चलका १४ नगरपालिकालाई लक्षित गरि सुरु आयोजना गरिएको प्रतियोगितामा ११ नगरपालिकाको सहभागीता रहने पक्का भएको आयोजक समितीले पत्रकार भेटघाटकाे अायाेजना गरेर जनाएकाे छ ।

झापाको गौरादह, दमक र ताप्लेजुङको फुङ्लिङ्ग नगरपालिका सहभागी नहुने आयोजक समितिका संयोजक एवम नगर उपप्रमुख दुर्गादेवि भट्टराईले जानकारी दिइन् ।  करफोक खेल मैदानमा हुने प्रतियोगिताका विजेतालाई एक लाख २५ हजार नगद र सिल्ड प्रदान गरिने छ भने उपविजेताले ८५ हजार नगद पाउने छ ।

प्रतियोगिता सम्पन्न गर्न ८ लाख २४ हजार खर्च हुने आयोजक समितीको अनुमान छ । प्रतियोगिताको सर्वोत्कृष्ट विधाका खेलाडीहरुलाई शिल्ड र मेडल प्रदान गरिनेछ ।  प्रतियोगिताका लागि सुर्योदय नगरपालिकाले खेलाडी छनौट सम्पन्न गरेको संयोजक भट्टराईले जानकारी दिइन् ।

यस अघि नगर भित्रका फुटबल क्लवहरु विच फुटवल प्रतियोगिता गराएर खेलाडी छनौट गरेको नगरपालिकाले अहिले आफ्ना खेलाडीहरुलाई क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिइरहेको खेलाडी छनौट समितिका युवराज प्रधानले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते हुने आयोजकले जनाएको छ । प्रतियाेगिताकाे उद्घाटन खेलमा फागुन १९ गते अायाेजक सुर्याेदय नगरपालिकाले माइ नगरपालिकाकाे समाना गर्नेछ ।

अायाेजककाे फितलाे व्यवस्थापन
सुर्योदय नगरपालिकाले प्रथम पटक प्रतियोगिता आयोजना गरेपनि खेलाडी व्यवस्थापनमा आयोजक समितीले चासो दिएको छैन । आमन्त्रित प्रतियोगिता भनेर मेची अञ्चलका अन्य नगरपालिकाहरुलाई सहभागी गराएपनि खेलाडीहरुलाई खान र वस्नको लागी भनेर नगरपालिकाले कुनै पनि व्यवस्थापन नगरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । आयोजक समितीकी संयोजक दुर्गा भट्टराईले भनिन ‘ आफनो नगरपालिकाको खेलाडी व्यस्थापन स्वयम नगरपालिकाले गर्नुपर्ने छ । खाने, बस्नेको व्यवस्था आयोजक समितीेले गर्दैन । ’

प्रतिक्रिया
सम्बन्धित समाचार