Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

नेपाल निर्माण व्यवसायी स‌‍घ इलामको अध्यक्षमा सुवास चिपालु

नेपाल निर्माण व्यवसायी स‌‍घ इलामको अध्यक्षमा सुवास चिपालु

  • सन्देश सम्बाददाता
  • शनिबार, माघ २७ २०७४


नेपाल निर्माण व्यवसायी स‌‍घ इलामको अध्यक्षमा सुवास चिपालु

इलाम । नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवास चिपालु निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि अध्यक्षमा निर्वतमान अध्यक्ष राजकुमार भक्तराज र सुवास चिपालु प्रतिस्पर्धा भएको थियो । चिपालुले ६३ मत ल्याएर अध्यक्षमा चयन भएका हुन् ।


संघको उपाध्यक्षमा वसन्त थाम्सुहाङ्ग, सुमन श्रेष्ठ र मेनुका तिमसिना चुनावी मैदानमा रहेकोमा सुमन श्रेष्ठले ४१ मत सहित बिजयी भएका छन् । त्यसै सचिवमा विरेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन् । सहचिव पदममा पनि हेमन्त गौतम निर्विरोध निर्वाचित भएको निर्माण व्यवसायी संघ इलामका सदस्य जिवन ढुङ्गानाले बताए ।
संघको कोषाध्यक्षका लागि पुष्कर बुर्जा र सन्तोस भक्तराजबिचि प्रतिष्पर्धा भएकामा सन्तोष भक्तराजले ६६ मत सहित बिजयी भएका हुन् ।

यस्तै पाँच वटा सदस्य पदका लागि १० जनाले उमेद्धवारी परेकोमा निरोज राउत, दिनेश खड्का, पुजन श्रेष्ठ, सेवक देवान, मोहन अधिकारी र पुन्यकुमार मुखिया बिजयी भएका छन् । ५ जना केन्द्रिय प्रतिनिधिका लागि ९ जनाले उमेद्धवारी दिएकोमा मनोज बुढाथोकी ७८, “माइला“ निल बहादुर चौहान ४८, प्रमोद शेर्पा “वाङ्ग्दी“ ४७, सन्तोषकुमार कटुवाल ५४, दिपक गौतम ५२ मत ल्याएर चयन भएका हुन् । शुक्रबारबाट शुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि सनिवार निर्वाचन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार