काठमाडौँ – पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले डेब्यु गर्न लागेको चलचित्र ‘अनुराग’ को सुटिङ सकिएको छ । दुई वटा गीतलाई थाती राख्दै अनुरागको सुटिङ सकिएको हो । सत्यराज चौलागाईको निर्देशन रहेको ‘अनुराग’ मा चर्चित डान्स ग्रेुप कार्टुञ्ज क्रुजका सरोज अधिकारीले चलचित्रकी नायिका एलिजा गौतमसंग एउटा गीतमा काम गरेका छन् ।
बिक्रम स्वारको कोरियोग्राफी रहेको उक्त ’कान्छा दाई गाना बजाइ देऊ न’ बोलको गीतमा यी दुई एकसाथ फिचरिङ भएका हुन् । तस्बिर, भिडियो र गीतको बोलबाट नै यो गीत क्लब डान्समा बेश भएको अनुमान लगाउन सकिन्छ । एरिका फिल्म्सको ब्यानरमा निर्माण भएको ‘अनुराग’ बाट समुन्द्र पण्डितले डेब्यु गर्देछन् ।
सुरुवातमा भने यस चलचित्रमा दिपक घिमिरे नायकको रुपमा रहेका थिए । समुन्द्र भन्दा अगाडी सलोन बस्नेत र पल शाह सम्मलाई अफर पुगेको कारण पनि चर्चामा रहेको ‘अनुराग’ करिब १ करोडको बजेटमा निर्माण भएको हो । ‘अनुराग’ मा किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत र रामकुमार केसीको छायांकन रहेको छ ।