Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय पोशाक लगाउन प्रेरित गर्न अभियान

राष्ट्रिय पोशाक लगाउन प्रेरित गर्न अभियान

  • प्रयास लिम्बू
  • बुधबार, पौस १९ २०७४


राष्ट्रिय पोशाक लगाउन प्रेरित गर्न अभियान

ताप्लेजुङ । हराउँदै गएको राष्ट्रिय पोशाकको उपयोगलाई पुनर्जागृत गराउने उद्देश्यले सोमबार ताप्लेजुङमा नौमति बाजासहित र्याली तथा बिभिन्न लोक साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ । राष्ट्रिय पोशाक लगाउन प्रेरित गर्दै बिभिन्न बाजागाजाका साथ राष्ट्रिय पोशाकमा सजिएका नरनारीहरुको र्यालीले नगर परिक्रमासँगै राष्ट्रिय झण्डोत्तोलन गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले प्रमुख अथितिको तर्फबाट सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको हो । नेपाली संस्कृतिमाथि भइरहेको आक्रमणले नेपाली पोशाकको उपयोगितामा समेत नकारात्मक प्रभाव परेकोले संस्कृति संक्रमणबाट जोगाउन ‘नेपाली पोसाक’ संरक्षण दिवस मनाइएको स्वामी राजानन्द असहाय कल्याणकारी संस्था (श्रद्धावन) नेपालका जिल्ला अभियान संयोजक सुजुप सुबेदीले जानकारी दिनुभयो ।
नागरिकस्तरबाट मनाउन थालिएको राष्ट्रिय टोपी दिवसकै सन्दर्भ जोडेर अभियान सुरु गरिएको कार्यक्रम संयोजक सूर्य लिबाङले जानकारी दिनुभयो । र्यालीपछि सामुदायिक भवनमा आयोजित औपचारिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मादेन, फुङ्लिङ नगरका प्रमुख छत्रपपति प्याकुरेल र प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले राष्ट्रिय पोसाकको महत्वका विषयमा धारणा राख्नुभएको थियो । सन् २०१४ देखि अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाइँदै आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार