Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आधुनिक प्रविधीको प्रयोग नहुँदा अलैचीले मुल्य पाएन

आधुनिक प्रविधीको प्रयोग नहुँदा अलैचीले मुल्य पाएन

  • नमीन ढकाल
  • शनिबार, मंसिर २ २०७४


आधुनिक प्रविधीको प्रयोग नहुँदा अलैचीले मुल्य पाएन

इलाम, । परम्परागत भट्टी प्रतिस्थापन हुन नसक्दा नेपालको अलैचीले अपेक्षिकृत रुपमा विश्व बजार पाउन सकेको छैन । विश्वमा नै गुणस्तरिय उत्पादन मानिएको नेपालको अलैची सुकाउने आधुनिक भट्टीको प्रयोग नहुँदा बजार पाउन समस्या रहेको छ ।

खोल्साको कालो सुन उपमा पाएको अलैचीको बजार मुल्यमा निरन्तर गिराबट आउँदा किसान निरास छन । परम्परागत भट्टीमा सुकाइएको अलैंचीको दाना समान रूपले नसुक्ने, भट्टीमा सिधै धुँवामा सुकाउने भएकोले धुँवा गन्हाउने र दाना कालो रङको हुने भएकोले विश्व बजारमा नेपालको अलैचीको मुल्य निरन्तर खस्किएको व्यवसायीहरु बताउँछन । अहिले दशक अघिको मूल्यमा अलैची किनबेच भइरहेको छ

अलैचीको विश्व बजार राम्रो भएकाले नेपालको अलैचीलाई आधुनिक प्रविधीको प्रयोग गरी ग्रेडिङ गर्न सके किसानहरुको जिवनस्तर उकास्न मद्धत पुग्ने अलैची व्यवसायी महासंघ इलामका अध्यक्ष विजय खाकीले बताउँछन । गुणस्तरीय अलैची उत्पादनका लागि ग्रेडिङ गर्न सजिलो हुने आधुनिक भट्टी आएपनि किसान भने परम्परागत भट्टीकै भर पर्नु परेको छ ।

परम्परागत भट्टी कै कारण किसानले गुणस्तरीय अलैची उत्पादन गर्न सकेका छैनन् ।  आधुनिक भट्टीमा सुकाइएको अलैचीलाई ग्रेडिङ गर्न सजिलो भएपनि लामो समय लाग्ने र खर्चिलो हुने गरेकोले आधुनिक भट्टी प्रति किसानको आर्कषण बढ्न नसकेको माइ मझुवाका अलैची किसान याम गुरुङ बताउँछन् ।

गैर सरकारी संस्थाको सहयोगमा जिल्ला केहि किसानलाई वितरण गरिएको आधुनिक भट्टीले किसानको विश्वास जित्न सकेको छैन । रोगले मासिएको अलैचीले पुन उत्पादन दिन थालेपछि अलैची खेति गर्ने किसानको आधुनिक खेति प्रणालीलाई अगाल्ने मन भएर पनि कृषि विज्ञ किसानसम्म पुग्न नसकेको किसान गुरुङले बताए ।

जिल्ला कृषि विकास कार्यालयले पनि यसको बजार र गुणस्तरीयता भन्दा पनि उत्पादनलाई मात्र प्राथमिकताका साथ काम गरि रहेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणी काफ्लेले बताए ।
जिल्लामा अलैची विकास केन्द्र स्थापना गरेर विजु विउको मात्रै विकास गरि वितरण गरिएको छ ।

केन्द्रको विउँ समेत पहुँचवालाले मात्र पाउने गरेको किसानहरुको गुनासो छ । जिल्लामा गएको वर्ष १६ सय हेक्टर जग्गामा ५ लाख ७६ हजार मेट्रिक टन अलैची उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङ्क छ । यसबाट ६ करोड ८२ लाख पाँच सय आम्दानी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार