Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात, ३ विकेट गयो , यस्तो छ ताजा स्कोर

अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात, ३ विकेट गयो , यस्तो छ ताजा स्कोर

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर १ २०७४


अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात, ३ विकेट गयो , यस्तो छ ताजा स्कोर

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको किनरारा ओभलमा पहिले ब्याटिङ्ग गरिरहेको नेपालले तेस्रो विकेट पनि गुमाएको छ । नेपालले कप्तान दिपेन्द्र सिंहको रुपमा तेस्रो विकेट पनि गुमाएको छ । उनले २० बल खेलेर मात्र ६ रन बनाए ।

यसअघि नेपालका आसिफ शेख सुन्य रनमा आउट भए । अफगानिस्तानले टस जितेर पहिले फिल्डीङ रोजेपछि नेपालले पहिले ब्याटिङ्ग गरेको हो । दुवै टोली आजको खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको भए पनि नेपालको कमजोर सुरुवात देखिएको छ । यो खबर तयार गर्दासम्म नेपालले १० ओभरमा ३ विकेट गुमाएर ३२ रन बनाएको छ ।

७: ५५ बजे  नेपालले कप्तान दिपेन्द्र सिंहको रुपमा तेस्रो विकेट पनि गुमाएको छ । उनले २० बल खेलेर मात्र ६ रन बनाए ।

७: ३० बजे  नेपालले दोस्रो विकेट पनि गुमाएरको छ । अर्का ओपनर जितेन्द्र शाह १५ बल खेलेर मात्र १ रन बनाई मुसिजको बलमा आउट भएका छन् ।

७: २५ बजे  नेपाललाई पहिलो झड्का । ओपनर असिफ शेख ३ बल खेलेर शून्य रनमा नै आउट ।

नेपाल र अफगानिस्तानका युवा टिम अहिलेसम्म ९ पटक आमनेसामने भएका छन्। ९ मध्ये अफगानिस्तानले ६ खेल जितेको छ। बाँकी ३ खेल मात्र नेपालले जितेको छ। नेपालले पछिल्लो पटक सन् २०११ मा अफगानिस्तानलाई पराजित गरेको थियो। त्यसयता खेलिएका कुनै पनि खेलमा नेपाली युवा टिम पराजित हुँदै आएको छ।

एसीसी अन्डर नाइन्टिन एलिट कप अन्तर्त २००७ मा भएको खेलमा नेपाल ४८ रनले विजयी भएको थियो भने २००९ मा नेपालले ६ विकेटले अफगानिस्तानलाई हराएको थियो। यही प्रतियोगिता अन्तर्गत २०११ मा नेपालले अफगानिस्तानलाई समूह चरणमा ६ विकेटल हराउँदा फाइनलमा भने ६१ रनले पराजित भएको थियो। यस्तै एसीसी अन्डर नाइन्टिन प्रिमियर लिगमा नेपाल र अफगानिस्तान दुई पटक खेल्दा दुबै पटक अफगानिस्तान विजयी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार