Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

बिप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भन्दै कांग्रेस कार्यकता पक्राउ

बिप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भन्दै कांग्रेस कार्यकता पक्राउ

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक ३० २०७४


बिप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भन्दै कांग्रेस कार्यकता पक्राउ

इलाम । बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भन्दै इलाम प्रहरीले नेपाली काँग्रेसका कार्यकर्तालाई पक्राउ गरेको छ । सोमबार दिउँसो इलामबाट झापा जाँदै गरेकी माङसेबुङ गाउँपालिका गजुरमुखी स्थायी घर भइ हाल इलाम नगरपालिका ८ तिल्केनि बस्दै आएकी बसुन्धरा कार्कि (मुना) लाई आइतबारेमा प्रहरीले पक्राउ गरेको थियो । उनका आफन्त प्रहरीले रिहाइको लागी निवेदन दर्ता  गर्न नमानेको बताए । । प्रहरी प्रमुख (एसपि) बिपीन कर्मचार्यले निवेदन दर्ता गर्नुको औचित्य छैन तपाइहरु जानुहोस् भन्दै फर्काएको पिडित पक्षले बताए ।

कार्कि बिगतमा नेकपा माओवादीसंग आवद्ध भएपनि २०७३ साल पुष १४ गते नेपाली काँग्रेसमा प्रबेश गरेर साधारण सदस्य लिएकी थिइन । कांग्रेसका जिल्ला सभापती हिमालय कर्मचार्यले पक्राउ परेको कार्की कांग्रेसको कार्यकता भएकाले प्रहरीले रिहाइ गर्नुपर्ने बताए । उनले भने ‘पक्राउ परेकी कार्की पहिला विप्लबको कार्यकर्ता भएपनि नेपाली कांग्रेसमा प्रवेश गरेकाले सदस्यता दिएको हो । स्थानिय चुनावमा नेपाली कांग्रेसलाई सहयोग गरेको थिइन । उनलाई छोडनुपर्ने माग छ ’

एसपी कर्मचार्यले भने ‘प्रहरीले विना प्रमाण पक्राउ गर्यो भनेर लेखिदिनुस प्रमाण खोज्ने तपाईको काम होइन ।’
यस बिषयमा एसपी कर्मचार्यसंग के आधारले पक्राउ गरीयो भन्ने प्रश्न सोध्दा ‘पत्रकारलाई मैले स्पष्टीकरण दिइरहनुपर्छ भन्ने छैन । यो प्रमाण छ यो प्रमाण छ भनेर अनुसन्धानको कुरो ह्रवाङग बनाउन मिल्दैन । हामीलाई शंका लाग्यो पक्राउ गर्यौ । तपाई पत्रकार भएर प्रहरीले विना प्रमाण पक्राउ ग¥यो भनेर लेखिदिनुस न प्रमाण खोज्ने तपाईको काम होइन ।’ सोमबार पक्राउ गरेको मान्छेलाई ३६ घण्टापछि मात्र पक्राउ पुजी थमाइएको भन्ने छ किन बास्तविक के हो भन्ने प्रश्नमा एसपी कर्मचार्यले भने ‘सोमबार पक्राउ गरेको मान्छेलाई कति घण्टा थुन्यो के ग¥यो भन्ने अदालतमा बन्दी प्रत्यक्षीकरण हुन्छ । गैर कानुनी थुनेको भए अदालतमा मुद्धा हाले भइ हाल्छ नी ।  ’

 

प्रतिक्रिया
सम्बन्धित समाचार