Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

भारतको हारसँगै नेपाल पहिलोपटक सेमिफाइनलमा

भारतको हारसँगै नेपाल पहिलोपटक सेमिफाइनलमा

  • लोकल सन्देश
  • मंगलबार, कार्तिक २८ २०७४


भारतको हारसँगै नेपाल पहिलोपटक सेमिफाइनलमा

काठमाडौैं : एसीसी अन्डर १९ एसिया कपमा नेपाल सेमिफानलमा पुगेको छ। नेपालले यो सफलता पहिलोपटक पाएको हो भने डिफेन्डङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको छ।

भारत र बंगलादेशबीचको खेलमा भारत पराजित भएपछि नेपालले रनरेटका आधारमा दोस्रो चरणको यात्रा सुनिश्चित गरेको हो। समूह ुएु को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो।

बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपाल समूहको उपविजेता बनेको हो। समूह चरणको अन्तिम खेलमा मलेसियालाई ८ विकेटले पराजित गरे पनि नेपालका दोस्रो चरणको संभावना भारत र बंगलादेशबीचको खेलमा निर्भर थियो।

समूह ए बाट बंगलादेश समूह विजेताको रुपमा दोस्रो चरण पुगेको छ। प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन ।

नेपालले आइतबर भारतलाई १९ रनले पराजित गरेको थियो भने आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार