Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

दीपेन्द्रको शानदार प्रदर्शनको बलमा भारतसामु १८६ रनको चुनौती पेस

दीपेन्द्रको शानदार प्रदर्शनको बलमा भारतसामु १८६ रनको चुनौती पेस

  • लोकल सन्देश
  • आइतबार, कार्तिक २६ २०७४


दीपेन्द्रको शानदार प्रदर्शनको बलमा भारतसामु १८६ रनको चुनौती पेस

काठमाडौं । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

मलेसियाको बायुमस ओभलमा नेपालले तीन पटकको बिजेता भारतको सामना गरिरहेको हो । टेष्ट मान्यता राष्ट्र भारतबिरुद्ध नेपाल पहिले ब्याटिङ्ग गरिरहेको छ । भारतले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो ।

आइतबार भएको पहिलो खेलमा बंगलादेशसँग डकवर्थ लुइस ९डिएल० पद्दतिको आधारमा २ विकेटले पराजित नेपाललाई दोस्रो चरणमा पुग्न आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ । पहिलो खेलमा नेपाल अन्तिम ओभरमा चुक्दा बंगलादेशसँग पराजित भएको थियो ।

कठिन मानिएको समूह समूह ‘ए’ मा रहेको नेपालले भारतपछि अन्तिम खेलमा मलेसियासँग खेल्ने छ । नेपाल र मलेसियाबिचको खेल मंगलबार हुने छ । समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह बी मा श्रीलंका, अफगानिस्तान, युएई र पाकिस्तान रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार