Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय करातेमा इलामकी प्रितीलाई कास्य पदक

राष्ट्रिय करातेमा इलामकी प्रितीलाई कास्य पदक

  • नमिन ढकाल
  • बिहिबार, कार्तिक २३ २०७४


राष्ट्रिय करातेमा इलामकी प्रितीलाई कास्य पदक

इलाम । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा चलिरहेको ५० औ राष्ट्रिय कराते प्रतियोगितामा इलामकी प्रिती बस्नेतले कास्य पदक प्राप्त गरेकी छन । ५० केजी तौल समुहमा भिडेकी प्रिती विभागीय टिम शसस्त्र प्रहरीकी अनु अधिकारीसंग पराजित बनिन । त्यसै गरी भोली ( शुक्रवार) हुने अन्य तौल समुहका खेलहरुमा ८४ केजीमा भेषराज राई र ८४ केजीमाथी दिपेश घिमिरे भिडने जिल्ला कराते संघ इलामका अध्यक्ष योगेश चाम्लिङले जानकारी दिए ।

तिनै जना खेलाडी सोमबार धरानमा सम्पन्न पुर्वाञ्चल स्तरिय छनौट प्रतियोगिताबाट काठमाण्डौ जाने अवसर पाएका हुन । प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपिएफ) गरी सात टोलीका १८४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन । तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा महिला र पुरुष तौल समूह तथा एकल टिम कातामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका उत्कृष्ट २३ खेलाडी राष्ट्रिय टोलीका लागि छनोट हुनेछन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार