इलाम । आगामी मंसिर २१ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी बाम गठबन्धनले मनोनयन सम्पन्न गरेको छ । गठबन्धनबाट क्षेत्र नं १ मा एमाले नेता तथा पूर्व प्रधानन्त्री झलनाथ खनाल र २ बाट पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले मनोनयन दर्ता गरे । प्रदेश सभाको लागी १ को १ बाट बाम गठबन्धनकै खिनु लङबा, २ बाट काजीमान कागतेको मनोनयन दर्ता भयो ।

त्यसै गरी २ को १ बाट राम राना र २ बाट धिरेन्द्र शर्मा रमणको उम्मेदवारी परेको छ । उमेद्धवारी मनोनयन दर्ता पछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले बाम गठनबन्धनले प्रतिनधिसभा र प्रदेशसभा चुनावमा बहुमत ल्याउने र स्थिर सरकार मार्फात देश विकासमा लाग्ने बनाउनुभयो । यस्तै पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ्गले नयाँ संविधाको धरातलमा रहेर बाम गठबन्धनले देश विकासमा सक्रिय रहने बताउनुभयो । यस्तै नेपाली काग्रेसका तर्फबाट पनि मनोनयनको काम सम्पन्न भएको छ ।
काग्रेसको तर्फबाट प्रतिनिधिसा क्षेत्र नम्बर १ बाट भुपेन्द्र कट्टेल र २ मा पूर्व सासंद केशव थापाले उमेद्धवारी दिएका छन् । यस्तै प्रदेशसभा अन्तरगत क्षेत्र नम्बर १ को क मा देवेन्द्र राई, ख मा दुर्गा बराल र २ को क मा डम्बर खड्का र ख मा खगेन्द्र देवानले मनोनयन भएको छ । इलाममा अहिले मनोनथालयनको काम जारि हरेको छ ।