इलाम, । इलाम सदरमुकाममा रहेको कोसेली कृषि सहकारी संस्थाले सातौ बर्ष पुरा गरेको छ । वस्तुलाई बजारीकरण गरी सदस्यहरुको जीवन स्तरमा सकारात्मक परिवर्तन गर्ने, उनीहरुको ज्ञान सीपमा आधारित पेशा व्यवसाय संचालन गर्नको लागि सर्वसुलभ ब्याजदरमा कर्जा प्रर्वाह गर्ने, सरकारी तथा गैरसरकारी संस्थाहरुबाट संस्थागत क्षमता अभिबृद्धि गर्ने मुख्य लक्ष लिएर वि.सं.२०६९ सालमा स्थापना भएको यस सहकारीले गत आ.व.मा ८७ लाख १६ हजार बराबरको कारोवार गरेको छ ।
संस्थाले कृषि क्षेत्रमा उत्पादिते इलामका स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्नमा मुख्य भूमिका निर्वाह गरेको संस्थाको सातौं वार्षिक साधारण सभामा जानकारी गराईएको थियो । संस्थाले आफ्नो साधारण सभाको अवसरमा सहकारी भित्र आवद्ध सदस्यहरुका छोराछोरीहरुबाट एसईई परिक्षामा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरेको छ । जसमा स्वर्णीम दाहाल र श्रेया दाहाल रहेका छन् । जिल्ला सहकारी संघ इलामका अध्यक्ष नरेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अध्यक्षता रश्मिला दाहालले गरेकी थिईन् ।