Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अन्तराष्ट्रिय बजारमा चीजको माग भएपनि निकासीको लागि सरकारकाे पहल अावश्यक छ उद्यमी महेन्द्र प्रधान

अन्तराष्ट्रिय बजारमा चीजको माग भएपनि निकासीको लागि सरकारकाे पहल अावश्यक छ उद्यमी महेन्द्र प्रधान

  • सुजन तिमल्सिना नमिन ढकाल
  • आइतबार, कार्तिक १२ २०७४


अन्तराष्ट्रिय बजारमा चीजको माग भएपनि निकासीको लागि सरकारकाे पहल अावश्यक छ उद्यमी महेन्द्र प्रधान

महेन्द्र प्रधान इलामको सूर्योदय नगरपालिका २ निवासी चिज उद्योगी हुन् । २०५२ सालदेखि पशुपतिनगर बजार क्षेत्रमा चीज उद्योग स्थापना गरि संचालन गर्दै आएका प्रधानको उद्योगमा चार जनाले रोजगारी पाएका छन् । एक सय लिटर गाईको दुध संकलन गरि चीज प्रशोधन शुरु गरेका प्रधानको उद्योगमा अहिले पन्ध्र सय दूध संकलन हुँदै आएको छ । नेपाल आउने बिदेशी पर्यटकको आकर्षणमा रहेको नेपालमा उत्पादन भएको चीजको बजार र व्यवसायका बारेमा पत्रकार सुजन तिमसिना र नमिन ढकालले गरेको संक्षिप्त कुराकानी   

 चिज कारखाना कहिलेबाट सुरु भयो ?

२०५२ साल देखी उद्योग शुरु भएको थियो । चिजको बजार अहिलेको तुलनामा त्यति बेला निकै कम थियो । सुरुमा दुग्न विकास संस्थानले उत्पादन गथ्र्याे ।  त्यसपछि हामी आयौ । त्यसको केही समयपछि यति चिज उद्योग स्थापना भयो ।

सुरुमा दुध कसरी संकलन गर्नुभयो ?

सुरुमा एक सय लिटरबाट शुरु गरेको दूध प्रशोन अहिले १५ सय सम्म परेको छ । त्यतीबेला हामीले डेनमार्कबाट पुरै उद्योगको सामान ल्याउनुपर्यो । चिजको बारेमा खासै थाहा थिएन । मेसिन औजारहरु डेनमार्कको राम्रो हुन्छ भनेर टुडे मिल्कको संचालकको सहयोगमा ल्याएको थियौँ ।  १ सेट सामान रहेछ त्यही सामान खरिद गरेर उत्पादन सुरु गरेको हो ।

उद्योग शुरु गर्दा चिजको बजार र नेपालीहरुले  खाने चलन कस्तो थियो ?

पर्यटकीय क्षेत्रमा खान चाही खान्थे । जति उद्योग थिए तिनीहरुको चिज स्टक भने रहन्नथ्यो । नेपालमा मात्र बजार थियो । काठमाण्डौमा बढी खपत हुन्थ्यो भने पोखरामा त्यतीबेला खासै चिजको बजार विकास भएको थिएन । अहिले जतिको ठुलो र तिव्र गतिमा बजार विस्तार भएको थिएन ।

कारखानाहरु बढी खुलिरहेका छन्, अहिलेको बजार अवस्था के छ ?

पहिलो कुरो त नेपालमा देखासिखी गर्ने प्रवृती छ । एउटा गाडी किन्यो भने अर्कोले पनि किनिहाल्नुपर्ने । चिज उद्योग खोल्नु अहिले फेसन जस्तो भएको छ । पहिला हामीले खोल्दा अरु थिएन पछि यति आयो त्यसपछि अरुले पनि खोले । अलि अलि गर्दै कस्तो भयो भने अहिले दुधको लागी प्रतिस्पर्धा राम्रै छ । किसानहरुको लागी खुशी कै कुरो हो । अहिले त डगच्यु पनि आयो । हामीले डिडिसीले तोकेको भन्दा २÷३ रुपैया बढी दिएर दुध खरिद गर्दैछौ । किसानको लागी मुल्यमा प्रतिस्पर्धा राम्रै पनि हो तर त्यसबाट उद्योगी र व्यवसायीले खासै मार्जिन लिन सकेका छैनन् । बजारमा माग हुन्छ ।

निर्यात कस्तो छ  ?

बजार छ । लगभग अहिलेको उत्पादनको लागी बजारले धानि रहेको छ । तर अझै चिज फेक्ट्री खोल्दा भने बजारले धान्न नसक्ने अवस्था विद्यमान छ । बजार त एउटै हो जहाँ हामीले विक्री गरिरहेको छौ त्यस बाहेकको अन्य बजार छैन । नयाँ बजार नभएकाले बेच्ने त पोखरा, काठमाण्डौमा नै हो जहाँ धेरै अघिबाट विक्री हुँदै नै आइरहेको छ । मनपरी मुल्यमा खरिद विक्री भइरहेको छ । किन्न र बेच्नमा मात्र प्रतिस्पर्धा मार्जिनमा प्रतिस्पर्धा नै छैन ।

चिजको अन्तराष्ट्रिय बजार कस्तो छ ? 

अहिले ४÷५ जनालाई दिएको छु । लगानी त अहिले २०÷३० लाख त परेको छ । निर्यात नै गर्ने हो भने भारतको बजारमा जान सक्छ तर भारतको कस्तो छ भने उहाँहरुको क्वारेन्टाइनमा एक पटक चेकजाँच गर्दा झन्डै १ लाख रुपैया खर्च हुन्छ । अर्को कुरा भारतमा आफनै स्थानिय उत्पादन पनि भएकाले नेपालको चिज विक्रीमा समस्या हो । भारतमा दुध सस्तो छ त्यसैले भारतको बजारमा प्रतिस्पर्धा गरेर बेच्ने कुरा आउदैन । पहिला पहिला अलिअलि निर्यात हुँदै आएपनि  विस्तारै विस्तारै निर्यात हुन छाडयो । अहिले आएर त नेपालको चिज मगाउन नै छाडयो ।

युरोपमा ठुलो मात्रामा छुर्पी निर्यात हुदैछ ,चिज चर्यात हुँदैन ?

युरोप तिर कानुनी रुपमा जाँदै छ डगच्यु पनि । किन भने डगच्युुु चाही उहाँ कुकुरले खाने भनेर फितलो भएको होला । मानिसले खाने भएको भए क्वारेन्टाइन लगायत विविध कुरो याद गर्छ । हाम्रो देशमा विदेशमा जस्तो आफै पालन गरेर उत्पादन गरिदैन । साधारण त पहिला पहिला गोठमा गएर गाई दुहुने, गोठ सफा गर्ने सुधार गर्ने भन्ने गरिएको थियो । हामीले पनि ग्वालाहरुलाई भन्छौ तर सवै ग्वालाबाट दुध उठाउदा त्यो स्तरमा नपुग्न सक्छ ।

दुधको गुणस्तर कस्तो छ ?

अहिले हामीले ३.०÷८.० पुर्याउनुपर्छ भनेका छौ तर वास्तवमा कतिपय गाइ यस्ता हुदो रहेछन थुनबाट ३.०÷८.० को दुध नै ननिस्किदो रहेछ । कसैको फ्याट नै नपुग्ने । हुन त खानपिनमा खासै ध्यान नपुर्याएकोले पनि होला । अव एउटा कुरा सरकारले दुधको मुल्य बढाउदै लगेपनि त्यसबाट के कति फाइदा पुगेको छ भन्ने बिषयमा चासो छैन । दुग्द्य उद्यमी, ग्वालाहरुले कति फाइदा लिन सकेका छन भन्ने बिषयमा सरकारको ध्यान पुगेन । दुधको गुणस्तर निरन्तर खस्कदै गएको अवस्थामा त्यसलाई माथी उकास्न सरकारी तवरबाट अनुसन्धान आवश्यक छ । विदेशमा हरेक क्षेत्रमा अनुदान छ यहाँ पनि अनुदान हुनुपर्यो । जस्तो गाई खरिद गर्दा कृषि ऋण दिलाउने भन्छ तर खै कुन बैंकले कृषि ऋण सजिलो गरि दिएको छ । कृषकहरुले जग्गा धितो राख्दा समेत ऋण पाउन सकेका छैन्न । त्यसरी सहज ऋण दिने भए जो कोहीले पनि ऋण लिन्थे । कुनै पनि बैंक कृषिमैत्री बन्न सकेका छैनन् । ऋण माग्न जाँदा समेत पैसा छैन भन्दै रित्तै फर्काइदिने गरेका छन । गाई खरिद र खुवाउने दानामा सरकारी अनुदानको व्यवस्था हुनुपर्छ ।

चिजको अन्तराष्ट्रिय बजार विस्तारमा के गर्नुपर्ला ?

यहाँ क्वारेन्टाइन राख्नुपर्यो । क्वारेन्टाइनबाट हाम्रो चिजलाई गुणस्तरियता प्रमाणित गरेर निर्यातमा सहज बनाउनुपर्छ । गुणस्तर नपुगेका चिजलाई गुणस्तरिय बनाउने सल्लाह र सुझाव आवश्यक भएमात्र नेपालको चिजले अन्तराष्ट्रिय बजार पाउन सक्छ । क्वारेन्टाइन नहुँदा सारै महंगो तिर्नुपरेको छ निर्यातमा । त्यसकारण सरकारले बजार व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

 

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार