Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

फुल खेतीमा अात्मनिर्भरताकाे बाटाेमा इलाम

फुल खेतीमा अात्मनिर्भरताकाे बाटाेमा इलाम

  • नमिन ढकाल
  • बुधबार, कार्तिक १ २०७४


फुल खेतीमा अात्मनिर्भरताकाे बाटाेमा इलाम

इलाम, ३१ असोज । यस बर्ष इलाममा स्थानीय जातको सयपत्री कम फूलेकाले आफूले लगाएको फूलले निकै राम्रो मुल्य पाउने इलाम नगरपालिका १० की किसान रमला गुरुङ पाख्रिनलाई आशा लागेको छ । गत बर्ष ५० हजार रुपैयाको सयपत्री बेचेकी रमलाले यस बर्ष १ लाख सम्म आम्दानी गर्न सक्ने अपेक्षा राखेकी छिन् । ‘तिहारको कागतिहारको अघिल्लो दिन देखि लक्ष्मी पुजाको दिन सम्म फूलको ब्यापार हुन्छ’ रमिलाले भनिन्– ‘छोटो समय खटेर काम गर्ने हो भने आम्दानी पनि राम्रै हुन्छ ।’ ३५ सय रुपैया प्याकेटले २ प्याकेट अस्टे«लियन जातको सयपत्री फूल खेती गरेकी रमलाको आगन करेसा बारी सबै क्षेत्रमा पहेलै सयपत्री फूलेको छ ।
त्यस्तै गोदककी  गिता तामाङले पनि यस बर्ष ३० देखि ४० हजार रुपैयाको सयपत्री बिक्री गर्ने अनुमान गरेकी छिन् । उनले पनि सोही जातको १ प्याकेट फुल खेती गरेकी छिन् । ‘खेती गर्न सजिलो तथा रोग किरा पनि कम लाग्ने भएकाले फूल खेती प्रति आकर्षित भएका हौ’ गिताले भनिन् –‘छिमेकीले केही बर्ष अछि बाटै फूल खेती गर्दै आएकाले यस बर्ष बाट मैले पनि खेती गरेको हुँ ।
पुष्पविज्ञान अध्यापनपछि फुल प्रति आर्कषण बढयो

इलाममा बाली तथा पुष्प विज्ञान सम्बन्धी अध्ययन हुन सुरु गरेपछि फूल खेती सम्बन्धी किसानहरु आकर्षण बढेको महेन्द्र रत्न बहुमखी क्याम्पस इलामका पm्लोरिकल्चर एसोसिएसन बिभागका प्रमुख योगेन्द्रमान श्रेष्ठ बताउछन् । ‘इलाममा १२ लाख रुपैया बराबरको फुलको कारोबार हुने गरेको छ’ उनले भने– जिल्लाको गोदक कोल्बुङ माइपोखरी गोर्खे जिर्मले लगायतको क्षेत्रका फूलको खेती भइरहेको छ ।

उनका अनुसार ३ बर्ष अघि १० लाख रुपैया बराबरको भारतीय सयपत्री फूलको इलाममा काराबार भएकोमा गत बर्ष २ लाख रुपैयाको भारतीय फूल बिक्री भएकोमा यस बर्ष भारतको फूल नबिक्ने होकी भन्ने संभावना रहेको छ । इलाममा फूल सम्बन्धी अध्ययन भए पछि गाउका किसानले फूलको महत्व बुझ्न सुरु गरेकाले फूल खेती गर्दा जिल्ला फूलमा आत्म निर्भर हुन लागेको अनुमान गरिन्छ ।
यता जिल्ला कृषि बिकास कार्यालय इलामले भने फूल खेती सम्बन्धी कुनै पनि कार्यक्रम सञ्चालन गरेको छैन । कार्यलयले फूल खेती सम्बन्धी कुनै कार्यक्रम सञ्चालन नगरेको जिल्ला कृषि बिकास कार्यालय इलामका योजना अधिकृत प्रकाशमणी काफ्लेले बताए । केही बर्ष अघि आलंकारिक फूल भनेर फिक्कल बजार क्षेत्रमा केही गमला बितरण गरेको बाहेक हाल कुनै कार्यक्रम सञ्चालन नभएको काफ्लेको भनाइ रहेको छ । कार्यालयको सहयोग बिना नै पनि इलामका किसानले यस बर्षको तिहारमा फूलको आवस्यकता पुरा गर्न सक्ने सम्भावना रहेको छ ।

फुलबारीमा रमाउदै जेष्ठ नागरिक
इलाम, माईभगवती बृद्धाश्रममा बस्दै आएकी देवकुमारी घिमिरे अहिले ८० बर्षकी भइन । उनको दैनिकी आजकल बृद्धाश्रम परिसरमा लगाइएको फूल गोडन मै वित्ने गरेको छ । उनी मात्र हैन पवित्रा विक लगायत त्यहाँ बस्ने सबै जेष्ठ नागरिकहरु मन भुलाउन र फूलको स्याहार गर्दै नै दिन बिताउँछन ।

गत वर्ष लगाइएको सयपत्री फूल अहिले ढकमक फुलेको छ । छोराछोरीहरुबाट टाढा बस्दा मन शान्त नभए पछि फूलबारीले मन भुलाएको उनीहरु बताउँछन् । देवकुमारी घिमिरेले भनिन ‘‘फूल फूले पछि परिवारको याद आउँदो रहेछ, मन भुलाउने ठाउँ भएको छ यो फूलबारी हाम्रो लागि ।’’ उनले मुस्कुराउँदै थपिन ‘‘परिवारको माया पनि भुलाइदियो यो फुलले ।’’

अठहत्तर वर्षिय पवित्रा विकले समेत फुलबारीमा काम गर्दा आनन्द लाग्ने बताइन् । परिवार बिर्सियाएको बताउने विकले पनि फूल फुलेपछि यहाँ नै आनन्द महसुस भएको बताइन् । इलाम नगरपालिका वडा नम्वर १० मा रहेको बृद्धाश्रम मेची राजमार्ग नजिकै माइखोलाको किनारामा छ । विक्रम संवत २०६३ साल माघ २३ गते स्थापना भएको बृद्धाश्रममा हाल नौ जना जेष्ठ नागरिक आश्रय लिइरहेका छन ।

दश रोपनी क्षेत्रफलमा फैलिएको बृद्धाश्रममा करिब दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाइएको छ । विशेष गरेर यस वर्षको दिपावलीमा बिक्री गर्ने र आम्दानी भएको पैसाले बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुकै स्याहारमा खर्च गर्ने माई भगवती बृद्धाश्रम इलामका संचालक समिती सदस्य राजेश पराजुलीले बताए ।

फूलखेती गर्न महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा रहेको बाली तथा पुष्प विज्ञान विभागका प्रकाश भट्टराइले दश हजार मुल्य बराबरका सयपत्री फूलका बिरुवा निशुल्क उपलव्ध गराएका थिए ।
बृद्धाश्रममा पहिलो पटक फुल खेती गरिएको हो । खाली जमिनलाई सदुपयोग गर्न र जेष्ठ नागरिकहरुको मन भुलाउने गतिलो माध्यम बनेको छ सो फूलबारी । ‘पहिलो पटक गरिएकोले स्यहार नपुगेर हो या के भएर हो सवै फुल फुलेन’ देवकुमारीले भनिन

प्रतिक्रिया
सम्बन्धित समाचार