धमप्रसाद जवेगु
साङरुम्बा । साङरुम्बामा जारी तरुणदल गोल्डकपको सेमीफाइनल पुग्ने टिम टुङगो लागेको छ । मंगलबार भएको क्वाटरफाइनलका खेलहरुमा बिजयी बन्दै जितपुर, फतेजुङ, केवाइएफसी र सोक्तीमले सेमीफाइनल यात्रा पक्का गरेका हुन ।
पहिलो क्वाटरफाइनलमा अलस्टारको चुनौती ३–१ ले पन्छाउदै जितपुर सेमीफाइनल प्रवेश गर्यो । त्यसै गरी दोश्रो खेलमा आयोजकलाई १–० ले हराउदै फतेजुङले पनि सेमी यात्रा तय गर्यो । तेश्रो क्वाटरफाइनलमा माउन्ट एभ्रेष्ट गोलखर्कलाई ५–१ ले हराउदै केवाइएफसी क्वाटर प्रवेश गर्याे । चौथो तथा अन्तिम क्वाटरफाइनलमा निगाले एफसीलाई ट्राइवेकरमा ४–३ ले हराउदै सोक्तीम पनि सेमीफाइनल प्रवेश गर्यो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि निर्णय ट्राइवेकरबाट लिइएको हो ।
बुधवार हुने सेमीफाइनलमा जितपुर र केवाइसी तथा फतेजुङ र सोक्तीमविच प्रतिस्पर्धा हुने छ। कार्तिक २ गते समापन हुने प्रतियोगितामा इलामका विभिन्न क्षेत्रका ४६ टिमको सहभागीता रहेको थियो ।