Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

तरुणदल गोल्डकपको क्वाटरफाइनल समिकरण पुरा

तरुणदल गोल्डकपको क्वाटरफाइनल समिकरण पुरा

  • लोकल सन्देश
  • सोमबार, असोज ३० २०७४


तरुणदल गोल्डकपको क्वाटरफाइनल समिकरण पुरा

धमप्रसाद जवेगु

साङरुम्बा, । साङरुम्बामा जारी तरुणदल गोल्डकपको क्वाटरफाइनल समिकरण पुरा भएको छ । आइतबारका ५ खेलसँगै गोल्डकपको क्वाटरफाइनलमा भिडने टिमको टुङगो लागेको हो । पहिलो खेलमा निगाले युवा स्टार साङरुम्बाले टिवाइसी देउमाइलाई १–० गोल अन्तरले पराजित गर्यो। त्यसै गरी दोश्रो खेलमा केवाइएफसीले साव्जुङ ११ क्लबमाथी समान १–० को नै जित दर्ता गर्यो ।

तेश्रो खेलमा एनएससी प्याङले सिएससी गोलाखर्कलाई १–० ले हरायो । आइतबारको चौथो र पाँचौ खेलको निर्णय भने ट्राइवेकरबाट गरियो । सिम्ले एफसी बी र तिल्केनी विचको खेल निर्धारित समयमा गोलरहित बरावरीमा टुङिगएपछि ट्राइवेकरमा तिल्केनी ६–५ गोल अन्तरले बिजयी बन्यो । प्रि–क्वाटरको अन्तिम खेलमा शान्तिडाँडा र सोक्तीमविचको खेलमा ४–४ गोलको बरावरी भएपछि ट्राइवेकरमा सोक्तीम ६–५ ले बिजयी बन्दै क्वाटर यात्रा तय गर्यो । त्यसै गरी आज क्वाटरफाइनलका सम्पुर्ण खेलहरु हुनेछन ।

पहिलो क्वाटरफाइनलमा केवाइएफसीले तिल्केनी, दोश्रो खेलमा जितपुर एफसीले माउन्ट एभ्रेष्ट गोलाखर्क, अलस्टार बी ले निगाले युवा स्टार तथा सोक्तीमले एनएससी बि लाई क्वाटरफाइनलको प्रतिद्धन्दीको रुपमा पाएका छन । असोज २२ गतेबाट सुरु भएको प्रतियोगितामा ४६ टिम सहभागी रहेको छ । कार्तिक २ गते फाइनल हुने प्रतियोगिताको बिजेताले नगद ३५ हजार र उपविजेताले नगद १७ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको प्रथम पुरस्कार समाजसेवी डम्बर खडकाले प्रायोजना गर्ने भएका छन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार