इलाम, ६ असोज । इलाम नगरपालिका– १२ साङरुम्वामा संचालित बडादशै कप नकाउट फुटबल प्रतियोगिता अन्र्तगत शुक्रवार ३ खेल सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा आयोजक साङरुम्वा युथ फुटबल क्लबले डिएफसी पानीटारको चुनौती ८–१ गोलको फराकिलो अन्तरले पन्छाएको छ ।
आयोजकको जितमा सन्तोष रम्तेल एक्लैले ५ गोल गरे । त्यसै गरी योगेश घलेले २ गोल र ब्रुन राईले १ गोल गरे । डिफएसीका सुरेश तामाङले सान्तवान गोल फर्काए । दोश्रो खेलमा टिकेवाइसी साङरुम्बाले श्रीजंघा लिङसुवालाई ३–० ले पराजित गर्यो । विजेता टिमका शेरबहादुर लिम्बु, प्रदिप बिष्ट र सागर लिम्बुले समान १÷१ गोल गरे । त्यसै गरी अन्तिम खेलमा बात्लुङ एफसी देउमाइ अनुपस्थित भएपछि डिएफसी ए साङरुम्वा अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यसै गरी शनिवार ६ वटा खेल हुने भएका छन ।
शनिवारको पहिलो खेलमा शान्तिडाँडा–४ र ज्वालामुखी एफसी सिद्धिथुम्का विच प्रतिस्पर्धा हुनेछ । त्यसै गरी अन्य खेलमा सप्तरङ्गी एफसी देउमाइले डिएफसी बी साङरुम्वासँग प्रतिस्पर्धा गर्नेछ । निगाले एफसी साङरुम्बाले याम्फु एफसी गोदकलाई प्रतिद्धन्दी पाएको छ । सिसुवा एफसी देउमाइले सिम्ले एफसी देउमाइ, टिएसी सोयाकले युएफसी देउमाइ तथा टिएसी बीले एसएससी माबुसँग प्रतिस्पर्धा गर्नेछन । असोज ११ गते फाइनल हुने प्रतियोगिताको बिजेताले नगद ३० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरी उपविजेताले नगद १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दर्शन राईले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई ट्रफी प्रदान गरिनेछ ।