Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मन्त्री प्रभु साहकी पत्नी बनिन् नगर प्रमुख

मन्त्री प्रभु साहकी पत्नी बनिन् नगर प्रमुख

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज ५ २०७४


मन्त्री प्रभु साहकी पत्नी बनिन् नगर प्रमुख

काठमाडौं  रौतहटको मौलापुर नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी रिनाकुमारी साहले विजय हासिल गरेकी छन्।

साह माओवादी केन्द्रबाट मन्त्री बनेका सहरी विकासमन्त्री प्रभु साहकी धर्मपत्नी हुन्। नगरपालिका प्रमुखमा विजय हासिल गरेकी रिनाकुमारी साहले ३ हजार ९१३ मत प्राप्त गरेकी छन्। उनले संघीय समाजवादी फोरमका रामएकवाल राय यादवलाई पराजित गरेकी हुन्। यादवले २ हजार २०८ मत प्राप्त गरेका छन्।

मौलापुरको प्रमुखमा विजय हासिल गरेकी रिनाकुमारी साह तेस्रो चरणको निर्वाचनमा निर्वाचित हुने पहिलो महिला नगरप्रमुख हुन्। मौलापुर नगरपालिकाको उपप्रमुख पनि माओवादीले नै जितेको छ। उपप्रमुखमा गौरीशंकर प्रसादले ३ हजार ८८९ मत प्राप्त गरेर विजयी भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार