Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

 टंकमाया गौतम स्मृती प्रदेश नं १ स्तरिय बुद्धिचाल प्रतियोगिता हुने

 टंकमाया गौतम स्मृती प्रदेश नं १ स्तरिय बुद्धिचाल प्रतियोगिता हुने

  • नमीन ढकाल
  • सोमबार, असोज २ २०७४


 टंकमाया गौतम स्मृती प्रदेश नं १ स्तरिय बुद्धिचाल प्रतियोगिता हुने

इलाम,  इलामको देउमाइ नगरपालिकामा टंकमाया गौतम स्मृती प्रदेश नं १ स्तरिय खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । गत बर्ष स्वर्गिय भएकी नेपाल रेडक्रस सोसाइटी इलामका सभापती देवीप्रसाद गौतमकी धर्मपत्नी तथा नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष आर्विटर बिदुर गौतमकी आमा टंकमाया गौतमको स्मृतीमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो ।प्रतियोगिताको बिषयमा इलाममा पत्रकार भेटघाटको आयोजना गरी जानकारी गराइएको छ ।
जिल्ला बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबको समन्वयमा असोज ३ गतेबाट प्रतियोगिता सुरु हुनेछ । स्विस लिग पद्धतीको आधारमा असोज ६ गतेसम्म संचालन हुने प्रतियोगितामा पुर्व राष्ट्रिय च्याम्पियन भुपेन्द्र निरौला (निरोज) लगायत प्रदेश नं १ का ५० भन्दा बढी महिला तथा पुरुष खेलाडी सहभागी हुने प्रतियोगिताको संयोजक एवम नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष विदुर गौतमले बताए ।
९ राउन्डमा खेलाइने भनिएको खेलमा अपेक्षिकृत खेलाडीहरु सहभागी नभए ७ राउन्डमा सम्पन्न गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रदेश च्याम्पियनले नगद २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले नगद १० हजार प्राप्त गर्नेछन त्यसै गरी टप १० मा पुग्ने अन्य खेलाडीहरु तथा अन्य ६ विधाका विजेतालाई नगद २ हजारको दरले पुरस्कृत गरिनेछ । १७ जना खेलाडीहरुलाई गरी कुल १ लाख रुपैया नगद पुरस्कार वितरण गरिने संयोजक गौतमले बताए । यसअघि २ अन्तराष्ट्रिय र १ राष्ट्रिय प्रतियोगिताहरु इलाम सदरमुकाममा सम्पन्न गरिएको थियो । ग्रामिण क्षेत्रमा समेत खेल पर्यटनको विकासका लागी देउमाइ क्षेत्रमा पहिलो पटक बुद्धिचाल खेलको आयोजना गरिएको इलाम बुद्धिचाल संघका अध्यक्ष याम लिम्बुले बताए ।
विश्व बुद्धिचाल संघबाट समेत संचालन अनुमती पाइएको यस प्रतियोगिताबाट नयाँ खेलाडीहरुलाई रेटिङ गर्न र रेटेड खेलाडीहरुलाई आफनो रेटिङ बढाउने मौका समेत हुने संयोजक गौतमले बताए । इलाम बाहिरका १२ जिल्लाका ४० खेलाडी र इलामका १० खेलाडीहरु प्रतियोगितामा समावेश गराउने आयोजकको लक्ष्य छ । प्रतियोगितामा सहभागी हुनेहरुको लागी दर्ता बापत १ हजार ५ सय रुपैया तोकिएको छ ।
महिला र जुनियर खेलाडीको हकमा भने दर्ता शुल्क १ हजार लिइने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिता सम्पन्न गर्न कुल २ लाख ७५ हजार खर्च हुने आयोजकले जानकारी दिए । महिला च्याम्पियन मोनालिसा खम्बु भने तुर्केमिनिस्तानमा सेप्टेम्बर १७ बाट सुरु भएको एसियन इन्डोर च्याम्पियनसिप २०१७ मा प्रतिस्पर्धा गरेका कारण यस प्रतियोगितामा सहभागी नहुने गौतमले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार