Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सटके दोभान पुल निर्माण सम्पन्न

सटके दोभान पुल निर्माण सम्पन्न

  • धमप्रसाद जबेगु
  • मंगलबार, साउन ३१ २०७४


सटके दोभान पुल निर्माण सम्पन्न

इलाम । इलाम नगरपालिका १२ स्थित सटके दोभानको झोलुङगे पुल निर्माण कार्य सम्पन्न भएको छ । १०४ मिटर लामो सो झोलुङगो पुल जिल्ला समन्वय समितीको ३३ लाख ७६ हजार ५०८, साविक साङरुम्वा गाविसको १ लाख ३३ हजार ९ सय ७१ र स्थानिय जनश्रमदान ७१ हजार ६ सय ४२ गरी कुल ३५ लाख ८२ हजार १ सय २१ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । पुल निर्माण सम्पन्न भएपछि साङरुम्वाका ३३५ घरधुरीका १ हजार ५ सय ७५ जना प्रत्यक्ष लाभान्वित भएका छन ।

सो ठाँउमा विस २०२५ सालदेखी पहिरो बग्न शुरु भएको थियो । बाढी पहिरोबाट वर्खाको समयमा इलाम बजार आवतजावतमा समस्या झेल्दै आएका स्थानियबासिन्दाहरु पुल निर्माणपछि यस्तो समस्या हटेको पुल निर्माण उपभोक्ता समिती सचिव उमाराम लिम्बुले बताए । साथै सोही स्थानमा सटके कृषि तथा पशुजन्य हाट बजार लगाउनका लागी जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिइसकेको पुल निर्माण समितीका अध्यक्ष छत्रबहादुर लिम्बुले बताए । पुल इलाम नगरपालिका–१२ का वडाध्यक्ष लाखमान लिम्बुले उद्धघाटन गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार