Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

कौटिन्होको लागि बार्सिलोनाको प्रस्ताव लिभरपुलद्वारा अस्विकार

कौटिन्होको लागि बार्सिलोनाको प्रस्ताव लिभरपुलद्वारा अस्विकार

  • एजेन्सी
  • शुक्रबार, साउन ६ २०७४


कौटिन्होको लागि बार्सिलोनाको प्रस्ताव लिभरपुलद्वारा अस्विकार

बार्सिलोना (एजेन्सी)– स्पेनिस क्लब बार्सिलोनाले लिभरपुलका भरपर्दा मिडफिल्डर फिलिपे कौटिन्होलाई किन्ने प्रस्ताव गरेपनि लिभरपुलले कौटिन्होलाई कुनै हालतमा नबेच्ने जानकारी गराएको छ।

बार्सिलोनाले कौटिन्होकालागि ७० मिलियन पाउण्डको प्रस्ताव राखेपनि लिभरपुलले ब्राजिलियनलाई नबेच्ने खबर गरेको प्रतिष्ठित बेलायती मिडिया स्काई स्पोर्ट्सले जनाएको हो । हालै जनवरीमा लिभरपुलसँग नया सम्झौतामा पुगेका कौटिन्हो २०२२ सम्मकालागि लिभरपुलसँग आबद्ध छन् । कौटिन्होको सम्झौतामा कुनै पनि ‘रिलिज क्लज’ नभएकाले लिभरपुलले क्लबहरुको प्रस्ताव नस्विकारेसम्म कौटिन्हो लिभरपुलमा बस्ने पक्का छ ।

गत सिजन धेरै जसो वाइड मिडफिल्डमा खेलेका कौटिन्होले ३१ खेलमा लिभरपुलकालागि १३ गोल गर्दै ७ असिस्ट दिएका थिए। रोमाबाट मोहमद सलाहको आगमनसँगै यो सिजन उनी धेरै जसो सेन्टर मिडफिल्डमा देखिने आंकलन गरिएको छ।

सन् २०१३ को जनवरीमा इन्टर मिलान बाट केवल ८।५ मिलियन पाउण्डमा लिभरपुल भित्रिएका कौटिन्होले आफुलाई युरोपको उत्कृष्ट मिडफिल्डरको सुचिमा स्थापित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार