Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दुग्द्यजन्य उद्योगमा महिला रोजगार

दुग्द्यजन्य उद्योगमा महिला रोजगार

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन ६ २०७४


दुग्द्यजन्य उद्योगमा महिला रोजगार

इलाम,  । इलाममा संचालनमा आएका धेरैजसो डेरी, ललिपप, छुर्पी उद्योगमा महिलाले रोजगारी पाएका छन् । गाउँका युवा वैदेशिक रोजगारीमा गएपछि डेरी उद्योगमा महिलाले रोजगारी पाएका हुन् । ललिपप, पनिर,पुष्टकारी, बम्बइसन, खुवा जस्ता दूग्ध पदार्थ उत्पादन गर्ने उद्योगमा बिहानीको घरधन्दा सकेर महिलाहरु दिउँसो काम गर्दै आएका छन् ।

गाईको दूध फटाएर बनाइने दुग्धजन्य सामग्री बनाउन महिलाहरु नै सिपालु भएकाले पुराना डेरी उद्योगको सिको गर्दै नयाँ उद्योगले पनि महिलालाई तालिम दिएर काम लगाउँदै आएको हिमालयन चीज एशोसिएसनका उपाध्यक्ष तुलु तामाङले बताए इलाममा दूग्धजन्य सामग्री उत्पादन गर्ने २ सय ४० को हाराहारीमा डेरी उद्योग संचालनमा रहेका छन् । संचालनमा आएका उद्योगमा तीन जनादेखि १५ जनासम्म महिलाले रोजगारी पाएको तथ्याङ्क छ ।

इलामको फिक्कल–पशुपतिनगर सडक छेउमा संचालनमा आएका उद्योगमा अधिकासं महिलाले काम गर्दै आएका छन् । बिहानको घरधन्दा सकेर फुर्सदको समयमा ललिपप, छुर्पी उद्योगमा काम गर्न गरेको कोसेली ललिपप उद्योगका संचालक शिवलाल प्रधानले बताए । ललिपप बनाउन महिलाहरु नै सिपालु हुने भएकाले आफुहरुले पनि रोजगारी दिने गरेको उनले बताए । दुग्द्यजन्य उद्योगमा कार्यरत महिलाले मासिक १० हजार भन्दा बढी आम्दानी लिने गरेका छन ।

फिक्कल र पशुपतिनगरमा संचालनमा आएका उद्योगबाट महिलालाई रोजगारी दिने प्रचलन भएपनि अहिले नयाँ खुल्ने उद्योगमा महिलाहरुले नै रोजगारी पाउने गरेको जिल्ला पशु सेवा कार्यलय का पशु प्राविधिक डिक बहादुरु कार्कीको भनाइ छ । पर्यटक र इलाम आउने जो कोहीले कोसेली ललिपप र बम्बइसन लाने भएकाले अहिले दुग्ध पदार्थ बनाउने उद्योग खुल्ने क्रम पनि बढेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार