Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

इलामका २ खेलाडी यु–२३ राष्ट्रिय टोलीमा समावेश

इलामका २ खेलाडी यु–२३ राष्ट्रिय टोलीमा समावेश

  • लोकल सन्देश
  • मंगलबार, असार २७ २०७४


इलामका २ खेलाडी यु–२३ राष्ट्रिय टोलीमा समावेश

इलाम,  ः इलामका दुई खेलाडी राष्ट्रिय टीममा समावेश भएका छन् । नेपालले एएफसी यू २३ च्याम्पियनसिप छनोटमा इलामका विवेक बस्नेत र छिरिङ गुरुङलाई समावेश गरिएको छ ।
नेपाल आर्मीबाट व्यवसायिक फुटबल खेल्ने विवेकको घर इलाम नगरपालिका हो भने १९ बर्षमुनीको टोलीका सदस्य छिरिङ सन्दकपुर गाँउपालिकाका बासिन्दा हुन ।

छिरिङ डिफेन्स र विवेक मिड फिल्डर हुन् । नेपाली टिम बिमल घर्ती मगरको नेतृत्वमा मैदान उत्रने छ । प्रशिक्षक राजुकाजी शाक्यले २३ खेलाडीको अन्तिम छनोट गर्दै राष्ट्रिय टोलीका सदस्य समेत रहेको विमललाई कप्तानको जिम्मेवारी दिएका हुन् । राष्ट्रिय टिमका डिफेन्स अनन्त तामाङ टोलीको उप कप्तान रहेका छन् ।

यहि टोलीले (आज) मंगलबार बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र बंगलादेशबीच अपराहन्न ३ बजे एन्फाको सातदोबाटोस्थित कृत्रिम घाँसे मैदानमा मैत्रीपूर्ण खेल हुँदैछ।

संयुक्त अरब इमिरेट्स (युएइ)मा हुने च्याम्पियनसिप छनोटको समूह ‘डी’ मा रहेको नेपालले असार २९ गते त्यस तर्फ प्रस्थान गर्नेछ । नेपालले पहिलो खेल आयोजक युइएसँग ३१ गते खेल्नेछ । नेपालले साउन २ गते उज्वेकिस्तान र त्यसको दुई दिनपछि समूह चरणको अन्तिम खेलमा लेबनानको सामना गर्नेछ ।

यू २३ टोलीका सदस्य 

 गोलकिपर (एलेन न्यौपाने, अशोक बराल र किशोर गिरी 

डिफेन्स (अनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ र लक्ष्मण जिसी

 । मिडफिल्ड हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा र विवेक बस्नेत

 फरवार्ड विमल घर्ती मगर, अन्जन विष्ट, संजोग राई र विश्वास श्रेष्ठ 

प्रतिक्रिया
सम्बन्धित समाचार