Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

झापाको मेचीनगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

झापाको मेचीनगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

  • लोकल सन्देश
  • शनिबार, असार २४ २०७४


झापाको मेचीनगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

झापा :  झापाको मेचीनगर नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा कांग्रेसका विमल आचार्य नगरप्रमुखमा निर्वाचित भए।

उनले २० हजार ७ सय ७६ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेका विष्णु प्रसाईंले १९ हजार ४ सय २२ मत ल्याए। उपप्रमुखमा भने नेकपा एमालेकी मीना पोखरेल उप्रेती विजयी भइन्। उनले १९ हजार ९ सय ९४ मत र निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी दुर्गा खतिवडाले १९ हजार ७७ मत ल्याइन्।

१५ वटा वडा रहेको यस नगरपालिकाको वडाहरुमा भने मिश्रित परिणाम आएको छ। वडाअध्यक्षहरुमा वडा नम्बर १ मा एमालेका पासाङ तामाङ, २ मा एमालेका तिलक न्यौपाने, ३ मा एमालेकै हर्क बस्नेत, ४ मा नेपाली कांग्रेसका नवीन बराल, ५ मा कांग्रेसका योगेन थापा मगर  ६ मा नेपाली कांग्रेसका ललित तामाङ, ७ मा नेपाली कांग्रेसका चन्दन मेचे विजयी भए।

त्यस्तै वडा नम्बर ८ मा एमालेका विकेन्द्र धिमाल, ९ मा कांग्रेसका गोपाल खड्का,  १० मा कांग्रेसका सुदेश पनेरु (सुदय), ११ मा एमालेका शन्तोष मेचे, १२ मा माओवादी केन्द्रका नगेन्द्र धिमाल, १३ मा एमालेका कृष्ण सिग्देल, १४ मा एमालेका शंकर पोखरेल १५ मा कांग्रेस राजन भट्टराई वडाअध्यक्षमा विजयी भए।

प्रतिक्रिया
सम्बन्धित समाचार