Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

सुर्योदयमा १ मा नेपाली काग्रेस बिजयी

सुर्योदयमा १ मा नेपाली काग्रेस बिजयी

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असार १६ २०७४


सुर्योदयमा १ मा नेपाली काग्रेस बिजयी

इलाम, १६ असार । इलामको फाकफोकथुम–१ मा नेपाली काङ्ग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । सो वडाको मतगणनाको नतिजा अनुसार काङ्ग्रेसका वडाध्यक्षका उम्मेद्वार टेकवीर लिम्वू ६०३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बेगबहादुर निरौलाले ४४० मत ल्याएका हुन् ।सो वडाको महिला सदस्यमा काङ्ग्रेसकी लक्ष्मीमाया राई ६४९, दलित महिला सदस्यमा सीता बराइली ७४४, खुल्ला सदस्यमा डम्वरबहादुर पौडेल ६७५ र बालकृष्ण भट्टराई ६१७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो ।

इलामको सूर्योदय नगरपालिका १ को अध्यक्षमा नेपाली काग्रेसका उमेद्धवार राजकुमार लिम्बुको बिजयी भएका छन् । नेपाली काग्रेसले वडाध्यक्ष र तीन सदस्य बिजयी भएको छ भने नेकपा एमालेका एक खुला सदस्य बिजयी भएका छन् ।  वडाध्यक्षका उमेद्धवार राजकुमार लिम्बुले १४ सय ५६ मत ल्याएका थिए । उनका प्रछिद्धन्द्धि नेकपा एमालेका उमेद्धवारले १२ सय ८५ मत पाएका छन् ।

यस्तै दलित महिला सदस्यमा विष्णुमाया विश्वकर्मा १२७१,पेमालमु सेर्पा १२५७,  मैया लिम्बु १३८१ र एमालेका खुल्ला सदस्य चेत बहादूर पाण्डेले १२८९ ल्याएर बिजय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै कुल ३०३६ मत गन्दा नेपाली काग्रेसले मेयरमा १३४१ उपमेयरमा १३७२, नेकपा एमाले मेयरमा १२६३ उपमेयरमा १२७२ राप्रपा मेयरमा ४ उपमेयरमा ३ माओवादी केन्द्र मेयरमा २०४ उपमेयरमा १६० र संघीय समाजवादी फोरम मेयरमा ९२ उपमेयरमा १ सय २ मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार