Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

सडक कब्जा गरेर एमालेको चुनावी सभा 

सडक कब्जा गरेर एमालेको चुनावी सभा 

  • सन्देश सम्बाददाता
  • शनिबार, असार १० २०७४


सडक कब्जा गरेर एमालेको चुनावी सभा 

इलाम । सूर्योदय नगरपालिकाको चुनाव प्रचारप्रसारका लागि नेकपा एमाले पार्टीले सडक नै बन्द गरेर चुनावी सभा गरेको छ । नेकपा एमालेको नेता तथा पूर्व मन्त्री रघुविर माहासेठको प्रमुख आतिथ्यतामा  सडकको बिचमै चुनावी सभा गरेको हो ।

सूर्योदन नगरपालिका वडा नम्बर २ र ३ को संयुक्त सभा शुक्रबार दिउँसो फिक्कल पशुपतिनगर फाटक सडक खण्डमा सडक अवरुद्ध गरेरै चुनावी सभा सम्पन्न गरेको थियो । पशुपनिगरको मुख्य सडकमा सडकमै स्टेज बनाएर एमालले चुनावी सभा सम्पन्न गरेको हो ।

नेपाल प्रहरीको सुरक्षामा गरिएको चुनावी सभाको सांगितिक कार्यक्रम गर्दा एमाले भातृसंगठन युवासँगका कार्यकर्ताले पूर्णरुपमा सडक बन्द गर्ने जिम्मा उपस्थित उपल्लो नेताबाट पाएका थिए । सडक नै अवरुद्ध गरेर चुनावी सभा  तथा सास्कृतिक कार्यक्रम गर्नु निर्वाचन आचारसंहिता विपरित भएपनि त्यो सभा करिब ५ घण्टासम्म चलेको थियो ।

जसमा स्थानीय तहका उमेद्धवार र नेताको आसनग्रहणमा मात्रै आधि घण्टा समय उद्घोषकले खर्चिएका थिए । चुनावी सहभागी एमालेका तर्फबाट एक उमेद्धवारले सभा सम्मेलन गर्ने स्थान नभएकाले सडकमै आयोजना गरिएको बताए । उनले थपे अन्य पार्टीले गरेपनि हामी बिरोध गर्दैनौँ  ।

चुनाव प्रचारमा शिक्षक कर्मचारी

एमालेको चुनावी सभामा शिक्षक र कर्मचारी खुलेरै प्रचार लागेको देखियो । एमालेको उमेद्धवारको प्रचारमा लागेका थिए, शिक्षक तुलसी क्षेत्री । चुनावी प्रचारका लागि खेलकुद विकास समितिका कर्मचारी नारायण भट्टराई इलामबाट पशुपतिनगर पुगेका थिए ।

शिक्षक तुलसी क्षेत्री एमालेको सास्कृतिक संगठनको जिल्ला अध्यक्षका हैसियतमा चुनावी सभाको आथित्यता गरेका थिए भने नारायण भट्टराई बाहिरी सभास्थलमा खटिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार