इलाम । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि इलामका दशवटै तहमा एक हजार छसय एक जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार आइतबार सम्पन्न उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रममा ती उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका हुन् ।
दशवटा तहका प्रमुख तथा अध्यक्षमा ६४ जना र उपप्रमुख तथा उपाध्यक्षमा ४९ जनाले उम्मेदवारी दिएका हुन् । त्यस्तै दशवटै तहका ८१ वटा वडाहरुमा वडा अध्यक्षका लागि ३४४ जना, महिला वडा सदस्यका लागि २९१ जना, दलित महिला वडा सदस्यका लागि २५० जना र खुल्ला वडा सदस्य १६२ जनाका लागि ६०३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
इलाम नगरपालिकामा २२४
निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ वटा वडा रहेको इलाम नगरपालिकामा प्रमुख र उपप्रमुखमा सात÷सात जना, वडाअध्यक्षमा ४९ जना, महिला वडा सदस्यमा ४०, दलित महिला वडा सदस्यमा ३६ र खुल्ला वडा सदस्यहरुमा ८५ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा काङ्ग्रेसका हिमालय कर्माचार्य, एमालेका महेश बस्नेत, माओवादी केन्द्रका छविलाल आचार्य, राप्रपाका सन्तोषकुमार राई, संघीय समाजवादीका छिकिन तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका निर्मला चेम्जोङ र स्वतन्त्रबाट प्रदिप तामाङ उम्मेदवार बनेका छन् ।
उपप्रमुखमा काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी, संघीय लोकतान्त्रिक मञ्च र स्वतन्त्रबाट क्रमशः चन्दा केसी कार्की, शुशिला नेम्बाङ, प्रेमकुमारी गुरुङ, मायादेवी भण्डारी, आइतीकुमारी राई, टंकबहादुर नोगु र ज्योतिमाला प्रधान उम्मेदवार बनेका हुन् ।
सूर्योदय नपामा प्रमुख र उपप्रमुखमा छरछ जना, जम्मा २८० जना उम्मेदवार
पूर्वी इलामको सूर्योदय नगरपालिकामा नगर प्रमुख तथा उपप्रमुखमा छरछ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार असार ४ गते आइतबार उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले सो अवसरमा वडाअध्यक्ष र सदस्यसहित २८० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सूर्योदय नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार प्रमुखमा छ, उपप्रमुखमा छ, वडाध्यक्षमा ६५, महिला सदस्यमा ५३, दलित महिला सदस्यमा ४२, र खुल्ला सदस्यमा १०८ जनाले मनोनयन दर्ता गराएका हुन् । जम्मा १४ वटा वडा रहेको सूर्योदय नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष महिला सदस्य र दलित महिला सदस्य १४र१४ जना तथा खुल्ला वडा सदस्य २८ जनासहित जम्मा ७२ जना जनप्रतिनिधी निर्वाचित हुनेछन् ।
सूर्योदय नगरपालिकामा आइतबार बेलुका ७ बजेसम्म मनोनयन फाराम दर्ता गर्ने काम गरिएको निर्वाचन अधिकृत राजेन्द्र भट्टराईले सन्दकपुर दैनिकलाई जानकारी दिए । उनका अनुसार सूर्योदयमा काङ्ग्रेसबाट मेयरमा प्रेमलाल राई र उपमेयरमा खगेश्वरी पौडेल ९बन्दना अधिकारी०, एमालेबाट मेयरमा रणबहादुर ९आरबी० राई र उपमेयरमा दुर्गादेवी भट्टराई, माओवादी केन्द्रबाट मेयरमा राजेन राई र उपमेयरमा टीका घिमिरे राई, राप्रपाबाट मेयरमा भोजराज लामिछाने र उपमेयरमा भक्तकुमारी गदाल, मंगोल नेशनल अर्गनाइजेशन ९स्वतन्त्र०बाट मेयरमा राजन ताम्लिङ र उपमेयरमा रेनुका योल्मू, संघीय समाजवादी फोरम नेपालबाट मेयरमा लिलाबहादुर सुनुवार र उपमेयरमा ख्यामकुमारी राईले उममेदवारी दिएका छन् ।
सूर्योदयमा स्वतन्त्र रुपमा प्रमुखमा एकजना, उपप्रमुखमा एक जनासहित जम्मा आठ जनाले उम्मेदवारी दिएका छन् ।
देऊमाईमा १६६ जना
देऊमाई नगरपालिकाका निर्वाचन अधिकृत प्रेमप्रसाद दहालका अनुसार देउमाईमा जम्मा १६६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । त्यहाँ दलबाहेकका स्वतन्त्र उम्मेदवार कोही पनि दर्ता हुन आएनन् । उनका अनुसार नेकपा ९एमाले०का तर्पmबाट मेयरमा सूर्य पोख्रेल र उपमेयरमा पविमाया राईसहित सबै वडाध्यक्ष र सदस्यहरुमा जम्मा ४७ जना, नेपाली काङ्ग्रेसका तर्पmबाट मेयरमा होम दुलाल र उपमेयरमा सूर्यमाया राईसहित सबै पदमा ४७ जना, नेकपा माओवादी केन्द्रका तर्पmबाट मेयरमा रामकुमार राई र उपमेयरमा शान्ता बस्नेतसहित ४४ जना, संघीय समाजवादी फोरमका तर्पmबाट मेयर दीर्घराज रैकामगरसहित उपमेयर बाहेक १२ जना, संघीय लिम्बूवान पार्टीबाट उपमेयरबाहेक मेयर हेमराज लिम्बूसहित ८ जना, राप्रपाबाट उपमेयर प्रतापसिंह चापागाईको नेतृत्वमा ६ जना र मंगोल नेशनल अर्गनाइजेसनको तर्पmबाट उपमेयरबाहेक मेयर सूर्यबहादुर तामाङसहित ७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
देउमाईमा प्रमुखमा छ जना, उपप्रमुखमा चार जना, वडाध्यक्षमा ३७ जना, महिला वडा सदस्यमा २९, दलित महिला सदस्यमा २६ र खुल्ला महिला सदस्यमा ६४ जनाको उम्मेदवारी परेको हो ।

चुलाचुलीमा १६० जना
दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा स्थानीय तहको निर्वाचनका लागि १६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । असार १४ गते हुने निर्वाचनको कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी दर्ता गरिएको हो । जसअनुसार अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा क्रमशः नौ, छ, ३१, २७, २७, ५९ जनाले उम्मेदवारी दिएका हुन् ।
अध्यक्षमा काङ्ग्रेसका राजेन्द्र केरुङ, एमालेका प्रदिपचन्द्र राई, माओवादी केन्द्रका सुकबहादुर लावती, संघीय समाजवादी फोरमका भुपेन्द्र योङ्या, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका साजन जबेगू र स्वतन्त्रबाट अनुप अधिकारी, कुमार विक, टंकमणी राई तथा सन्तकुमार राईले उम्मेदवारी दर्ता गराएको चुलाचुलीका निर्वाचन अधिकृत कपिलप्रसाद सुबेदीले सन्दकपुर दैनिकलाई जानकारी दिएका हुन् ।
चुलाचुलीमा काङ्ग्रेस र एमालेले दलका तर्पmबाट सबै ९३२० पदमा उम्मेदवारी दर्ता गराएका छन् भने माओवादी केन्द्रले वडा नम्बर ६ को एकजना खुल्ला सदस्यबाहेक अन्य ३१ जनाको उम्मेदवारी दर्ता गराएको छ । राप्रपाले तीन जना वडा सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएको छ । संघीय समाजवादी फोरामले २१ जना, खम्बुवान राष्ट्रिय मोर्चाले अध्यक्षबाहेक ७ जना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २५ जना र स्वतन्त्र उम्मेदवार नौ जनाले मनोनयन फाराम दर्ता गराएको पनि अधिकृत सुबेदीले सन्दकपुर दैनिकलाई बताए । उनका अनुसार आइतबार राती १० बजेसम्म मनोनयन दर्ता गर्ने काम गरिएको हो ।
माईजोगमाईमा १०१ जना
माई जोगमाई गाउँपालिकामा बेलुका साढे ६ बजेसम्ममा १०१ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । छ वटा वडा भएको यो गाउँ पालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा क्रमशः चार, चार, २०, १९, १६ र ३८ जनाको उम्मेदवारी दर्ता भएको हो । नेकपा एमालेबाट अध्यक्षमा जितबहादुर राई र उपाध्यक्षमा सावित्रा भट्टराईसहित ३२ जना, काङ्ग्रेसबाट अध्यक्ष पेम्बा शेर्पा र उपाध्यक्ष लोकमाया थेवेसहित ३२ जना, माओवादी केन्द्रबाट अध्यक्ष देवी शिवाकोटी र उपाध्यक्ष संगीता थामीसहित ३० जना, संघीय समाजवादी फोरमबाट अध्यक्ष धनसिंह लिम्बू र उपाध्यक्ष पासाङ जिकी शेर्पासहित ६ जना र जनमुक्ति पार्टीबाट एकजना वडाध्यक्षको मनोनयन दर्ता भएको हो ।
सन्दकपुर गाउँपालिकामा ९४ जनाको
पाँचवटा वडा भएको सन्दकपुर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा क्रमशः छ, पाँच, १९, १८, १२ र ३४ समेत ९४ जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ एमाले अध्यक्ष उपाध्यक्षमा उदयबहादुर राई र शोभा पराजुली, संघीय समाजवादी फोरम नेपालबाट उपाध्यक्ष धनप्रकाश लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट थोमबहादुर गुरुङ, काङ्ग्रेसबाट अध्यक्ष देवेन्द्रकुमार सुबेदी र उपाध्यक्ष सविता गुरुङ, माओवादी केन्द्रबाट प्रेम कुमार राई, राप्रपाबाट अध्यक्ष होमबहादुर गुरुङ र उपाध्यक्ष पुण्यप्रभा आचार्य भट्राई तथा स्वतन्त्र रुपमा अध्यक्ष बासुमाया गुरुङ र उपाध्यक्षमा धनप्रकाश राई उम्मेदवार बनेका छन् । काङ्ग्रेसको माओवादी १ मा दलित महिला सदस्य उम्मेदवार छैन ।
माङ्सेबुङमा ११० जना
माङ्सेबुङमा एमालेका अध्यक्ष हेमन्त राई र उपाध्यक्ष सुनिता योङहाङसहित ३२ जना, काङ्ग्रेसका अध्यक्ष डिकेन्द्र इदिङ्गोसहित ३१ जना, माओवादी केन्द्रका अध्यक्ष दिपेन्द्र बस्नेत र उपाध्यक्ष निर्मता राईसहित १९ जना तथा राष्ट्रिय जनमुक्ति पार्टीबाट १० जना, राप्रपाका एकजना अध्यक्ष डबलसिंह राईले मनोनयन दर्ता गराएका छन् । मङ्सेबुङमा काङ्ग्रेस र संघीय समाजवादी फोरमले अध्यक्ष र उपाध्यक्षमा तालमेल गरेका छन् । काङ्ग्रेस उम्मेदवार इदिङ्गोका अनुसार उपाध्यक्षमा फोरमका बिनोदकुमार नेम्बाङलाई सहयोग गर्नेगरि काङ्ग्रेसले उम्मेदवार नबनाएको हो । छ वटा वडा भएको यो गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, महिला वडा सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा क्रमशः ४, ३, २१, २२, १६ र ४४ जनाको उम्मेदवारी परेको हो ।

फाकफोक थुममा १४१ जना
फाकफोक थुम गाउँपालिकामा आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि १४१ जनाले उम्मेदवारीको मनोनयन फाराम दर्ता गराएका छन् । सातवटा वडाहरु रहेको फाकफोक थुम गाउँपालिकाको अध्यक्ष पदका लागि आठ जना र उपाध्यक्ष पदका लागि छ जनाले उम्मेदवारी दिएको सो गाउँपालिकाका निर्वाचन अधिकृत लिलाराज पौडेलले जानकारी दिएका हुन् ।
वडाअध्यक्षहरुमा ३२ जना, महिला सदस्यमा २५ जना, दलित महिला सदस्यमा २० जना तथा खुल्ला सदस्यहरुमा ५० जनाले उम्मेदवारी दर्ता गराएको अधिकृत पौडेलले सन्दकपुर दैनिकलाई बताए । फाकफोक थुममा अध्यक्ष र उपाध्यक्ष पदका लागि एमालेबाट क्रमशः दिपेन्द्र खनाल र सरस्वती राई, काङ्ग्रेसबाट रामकुमार श्रेष्ठ र डालाकुमारी कार्की विष्ट, माओवादी केन्द्रबाट राजकुमार थापा गोदार र लक्ष्मी लावती मुखिया, राप्रपाबाट डम्बरबहादुर राई र टंकमाया चौहान, संघीय समाजवादी फोरमबाट सुरेन्द्रबहादुर सुब्बा र मैया चौहान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अध्यक्षमा गोविन्द बहादुर सिंह तथा स्वतन्त्रबाट अध्यक्षमा जीवनाथ सापकोटा र भुवनसिंह लिम्बू तथा उपाध्यक्षमा मनु लिम्बूले उम्मेदवारी दिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले आइतबार रातीसम्म काम गरेर उम्मेदवारको मनोनयन दर्ताको काम सकिएको जनाएको छ । फाकफोक थुममा अध्यक्ष उपाध्यक्षदेखि वडासदस्य सम्म स्वतन्त्रका उम्मेदवार पनि रहेका छन् । स्वतन्त्रमा मंगोल नेशनल अर्गनाइजेशन लगायतका निर्वाचन आयोगमा दर्ता नभएका दलका प्रतिनिधीसमेत रहेको बुझिएको छ ।
रोङमा ११४ जना
रोङ गाउँपालिकामा ११४ जना उम्मेदवार भएका छन् । अध्यक्षमा ८, उपाध्यक्षमा ४, वडाअध्यक्षमा २५, महिला वडा सदस्यमा १९, दलित महिला वडा सदस्यमा १८ र खुल्ला वडा सदस्यमा ४० जनाको उम्मेदवारी परेको हो ।
माई नपामा २१२ जना
दक्षिणी माई नगरपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा क्रमशः ६, ४, ४५, ३९, ३७ र ८१ जनासहित जम्मा २१२ जनाको उम्मेदवारी परेको छ ।