Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचुलीमा तीन तालिमको समापन

चुलाचुलीमा तीन तालिमको समापन

  • सन्देश सम्बाददाता
  • सोमबार, असार ५ २०७४


चुलाचुलीमा तीन तालिमको समापन

इलाम । इलामको चुलाचुली गाउँपालिकामा तीन वटा तालिमको समापान भएको छ । घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको हाउसवारिङ्ग, ढाका बुनाई र उद्यमसिलता विकास तालिमको समापन भएको हो । उद्योग विकास समितिको भगत सर्वजित सिप विकास कार्यक्रम अन्तरगत तालिमको आयोजना गरिएको थियो ।
आर्थिक रुपमा विपन्न रहेका दलित समुदायलाई स्वरोजगार गर्ने उदेश्यले ढाका बुनाई तालिम बैशाख १९ गतेबाट शुरु भएको थियो भने हाउस वाईरिङ्ग तालिम २०७३ चैत्र २७ गतेबाट शुरु भएको थियो । हाउस वाइरिङ्ग तालिममा १२ जना, ढाका बुनाई तालिममा १० जना र उद्यमसिलता विकास तालिममा ३० सहभागि भएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत नविनकुमार पौडेलले बताए ।


तीन वटै तालिममा सहभागिलाई एक कार्यक्रमका बिच प्रमाण पत्र वितरण गरिएको छ । चुलाचुली गाउँ पालिकाका वडा सचिव गोविन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत नविन कुमार पौडेलले वितरण गर्नु भएको थियो ।
कार्यक्रममा उद्योग विकास समितिका कार्यक्रम संयोजक खड्ग बस्नेत, नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमसिना, हाउस वाईरिङ्ग तालिमका प्रशिक्षक मोहन सिवाकोटी र ढाका बुनाई तालिमकी प्रशिक्षक सिता दियालीले तालिममा सिकेको सिप व्यवाहारमा उपयोग गर्न आग्रह गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै सफल ढाका उद्यमी देवीका लिम्बुले गाउँमा उत्पादन भएको ढाका कपडा खरिद गर्ने प्रतिवद्धता जनाएकी थिइन् । युवा लक्षित कार्यक्रम अन्तरगत तीन महिने हाउस वाइरिङ्ग तालिमका सहभागिहरुलाई तालिममा खरिद गरिएको मेसनी उपकरण ८० प्रतिशत छुटमा र ढाका बुनाई तालिममा सहभागिलाई निशुल्क तान सेट प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार