Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा उत्साहप्रद उमेद्धवारको मनोनयन दर्ता

इलाममा उत्साहप्रद उमेद्धवारको मनोनयन दर्ता

  • सन्देश सम्बाददाता
  • आइतबार, असार ४ २०७४


इलाममा उत्साहप्रद उमेद्धवारको मनोनयन दर्ता

इलाम । जेठ १४ मा हुने स्थानीय तहको निर्वाचनका लागि इलामका उमेद्धवार मनोनयनको काम इलाममा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । चार नगरपालिका र ६ गाउँपालिका रहको इलाममा राजनीतिक दलहरुले बाजागाजा सहित उमेद्धवारमको मनोनयन गरेका हुन् ।

१ लाख ८९ हजार २ सय ७४ मतदाता रहेको इलाममा नेपाली काग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम लगायत ९ दलहरुले आफ्ना उमेद्धवारको मनोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन कार्यालयका अनुसार इलाममा १० वटा तहमा केही स्वतन्त्र उमेद्धवारी पनि परेको छ । २० वर्षपछि राज्यपुनःसंरचना सहित भएको निर्वाचन हुन लागेको भन्दै सर्वसाधारण र उमेद्धवारहरुले खुसि व्यक्त गरेका छन् ।
१ सय ४४ वटा मतदान स्थलका २ सय ४९ मतदान केन्द्रमा मतदान गरि ४ सय ४९ जनप्रतिनिधि छानिने जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लले बताए ।


यसैगरी असार १४ मा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारी इलाममा पुरा भएको छ । १० वटा स्थानीय तह रहेको इलाममा निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सुरक्षा समितिले तयारी पुरा गरको जनाएको छ ।
१ सय ४४ वटा मतदान स्थलका २ सय ४९ मतदान केन्द्र रहेको इलाममा निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयले २२ सय ५५ कर्मचारी निर्वाचनमा खटाउँदै छ । निर्वाचनमा खटिने मतदान अधिकृत र साहायक अधिकृतको तालिम सकेर मतदानमा आवश्यक पर्ने ६४ प्रकारका समाग्री सम्बन्धित केन्द्रमा पठाउन तयारी अवस्थामा राखिएका जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लले बताए ।
निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन कार्यालयले मतदाताको संख्याका आधारमा प्रत्येक मतदान केन्द्रमा पठाउने मतपत्र प्याकेजिङ्ग सकेको छ । मदतान केन्द्रमा खट्ने कर्मचारी पदस्थापन सकेपछि कार्यालयले निर्वाचन सामग्रीसँगै मतपत्र पठाउने मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए ।
२७ मतदानस्थल अति संवेसदनसिल, ३३ संवेदनसिल र ८४ वटा सामान्यको सूचिमा राखेको जिल्ला सुरक्षा समितिले निर्वाचनको सुरक्षाका लागी सबै तयारी पुरा गरेको छ । भय रहित रुपमा निर्वाचन सम्पन्न गर्न नेपाल पहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
तीन घेरमा हुने निर्वाचन सुरक्षाका लागि १८ सय नेपाल प्रहरी, ४ सय शसस्त्र प्रहरी र ६ सय नेपाली सेना १० वटै स्थानीय तहमा परिचालन भएका छन् । स्थानीय तहको निर्वाचनमा इलाममा ९ वटा राजनीतिक दलले सहभागि हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार