Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दुई नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव हुने, आजै निर्वाचन आयोगलाई जानकारी गराइने

दुई नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव हुने, आजै निर्वाचन आयोगलाई जानकारी गराइने

  • लोकल सन्देश
  • बिहिबार, असार १ २०७४


दुई नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव हुने, आजै निर्वाचन आयोगलाई जानकारी गराइने

काठमाडौं : सरकारले प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गर्ने भएको छ। यसको औपचारिक प्रस्ताव बिहीबार नै निर्वाचन आयोगमा लैजाने नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

बिहीबार दिउसो सत्तारुढ गठबन्धनले राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुसँगको छलफलपछि प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गर्ने तयारी गरेको हो। बिहीबार नै मन्त्रिपरिषद बैठकले असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा मात्र चुनाव गर्ने र प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गर्ने निर्णय गर्ने माओवादी प्रवक्ता भुसालले जानकारी दिइन्। मन्त्रिपरिषद बैठकपछि सरकारले उक्त निर्णय आयोगलाई जानकारी गराउनेछ। निर्वाचन आयोगसँगको परामर्श पछि मिति तोक्ने सरकारको तयारी छ।

उम्मेदवारी मनोनयनको समय थपिने

सरकारले उम्मेदवारी मनोनयनको समय बढाउन पनि आयोगलाई अनुरोध गर्ने भएको छ।यसअघि सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार असार २ (भोलि) उम्मेदवारी मनोनयन दर्ताको दिन हो। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले २/३ दिन उम्मेदवारी मनोनयनको समय थप्न आयोगलाई बिहीबार दिउसो पत्र पठाइने जानकारी दिइन्।  कार्यतालिका परिवर्तन गर्ने सरकारको निर्णय निर्वाचन आयोगले कार्यन्वयन गरेमा प्रदेश नम्बर १, ५ र ७ मा उम्मेदवारी मनोनयनको समय थपिने छ।

निर्वाचन बहिस्कार गरेर आन्दोलनमा उत्रेको राजपाले प्रदेश नम्बर २ र ५ मा केही दिन भए पनि निर्वाचन सार्न माग गर्दै आएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार