Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आईएमएको रेफ्री सेमिनार सम्पन्न

आईएमएको रेफ्री सेमिनार सम्पन्न

  • लोकल सन्देश
  • शनिबार, जेष्ठ २७ २०७४


आईएमएको रेफ्री सेमिनार सम्पन्न

काठमाडौं: अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ नेपालको आयोजनामा रेफ्री सेमिनार शुक्रबार बबरमहलस्थित कार्की व्याङक्युटमा सम्पन्न भएको छ ।

सेमिनार विश्व कराते महासंघको रेफ्री कमिसनकी सहायक सचिव फरिबा मदानीले सञ्चालन गरेकी थिइन् । सेमिनार शनिबारदेखि सुरु हुने दोश्रो आईएमए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपलाई मध्यनजर गरी सञ्चालन गरिएको आयोजक संघका संरक्षक एवं अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, अमेरिकाका दक्षिण एसियाली प्रमुख शान्त ठोकरले जानकारी गराए ।

रेफ्रीहरुलाई पुनर्ताजगी गराउनुका साथै नयाँ नियम बारे जानकारी गराउन आयोजित एकदिने सेमिनारमा विभिन्न जिल्लाका ३ सय ५० रेफ्री सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार