Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

उमेद्धवार परिवर्तनको आक्रोसमा कार्यकर्ताद्धारा प्रचार सामग्रि हटाए

उमेद्धवार परिवर्तनको आक्रोसमा कार्यकर्ताद्धारा प्रचार सामग्रि हटाए

  • सन्देश सम्बाददाता
  • शनिबार, जेष्ठ २७ २०७४


उमेद्धवार परिवर्तनको आक्रोसमा कार्यकर्ताद्धारा प्रचार सामग्रि हटाए

सुर्याेदय ः अासन्न स्थानिय तहको निर्वाचनका लागी नेपाली काँग्रेस सुर्योदय नगरपालिकाको मेयरको उम्मेदवार परिर्वतन भएपछि कार्यकताहरु आन्दोलित बनेका छन । सुर्योदय नगरको मेयरमा दुर्गा बरालको स्थानमा नेपाली काँग्रेसको केन्द्रिय समितीले प्रेमलाल चाम्लिङको नाम स्विकृत गरेर पठाएपछि कार्यकताहरुले फिक्कल आसपासका क्षेत्रमा राखिएका प्रचार सामाग्री धमाधम हटाउन थालेका छन । उम्मेदवार परिर्वतनको विरोधका फिक्कल बजारमा भेला भएका कार्यकताहरुले नेपाली काँग्रेसको झन्डा, व्यानर, पम्प्लेटहरु हटाउदै सडक अवरुद्ध गर्ने तयारी गरिरहेको नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति दुर्गा बरालले जानकारी दिए ।

उनले भने ‘केन्द्रीय समितीले उम्मेदवार परिर्वतन गरेपछि स्वस्फुर्त रुपमा भेला भएका कार्यकताहरुले प्रचार सामाग्री हटाएका हुन । अहिले फिक्कल बजारका काँग्रेसका केही पनि प्रचार सामाग्री छैन्न । केही समयपछि सडक अवरुद्ध गर्ने तयारी भइरहेको छ ’ उम्मेदवार परिर्वतन भएको सुचना पाउने वितिकै शुक्रवार क्षेत्रिय समितीको बैठक बसी क्षेत्रिय सभापती सहित १५ जना कार्य समिती सदस्यहरुले राजिनामा दिएका थिए । केन्द्रले जिल्ला समितीले पठाएको सर्वसम्मत नाम फेरवदल गरेकाले यो निर्णय नसच्याए क्रमबद्ध रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बरालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार