
सन्धीभक्त शंकर
गाँउको कुलो लडिसक्यो फर्कि साइला अव
खेतमा बन्सा बढीसके फकिए साइला अव
पोहोर साल नि घरमा आगो लागेपछि
तितेपाती धुरी चढी सके फर्कि साइला अव
छोराछोरीको कमाइ भनी कमीज फे¥या छैन्न बा ले
कंकट खाँदा डढि सको फर्कि साइला अव
गाँउका युवा मिली यहि केही गर्ने सोचेका छौ
अन्तरेले भेटेनरी पढिसक्यो फर्कि साइला अब