इलाम, । इलाममा जारी पृतनापती ट्रफी ह्रयान्डबलको उपाधी साविक विजेता २१ नं बाहिनी तोपगाछीले जितेको छ । नेपाली सेनाको ठुलो टुडिखेलमा सम्पन्न खेलमा १८ नं बाहिनी गाइघाटको चुनौती ७–२१ गोल अन्तरले पन्छाउदै २१ नं बाहिनीले उपाधी जितेको हो । गत बैशाख ३० गतेबाट सुरु भएको प्रतियोगितामा पुर्वी पृतना अन्र्तगतका ३ वटा बाहिनीको सहभागीता रहेको थियो । २१ नं बाहिनी र १८ नं बाहिनी दुवैले २ नं बाहिनी धनकुटालाई पराजित गर्दै उपाधी भेट पक्का गरेका थिए । प्रतियोगिताबाट छानिने उत्कृष्ट १४ जना खेलाडीले काठमाण्डौमा हुने प्रधानसेनापती कपको लागी पुर्वी पृतना टिमको प्रतिनिधित्व गर्नेछन । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई २१ नं बाहिनीका बाहिनीपती सिताराम खडका, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र जिल्ला न्यायधिश नवराज दाहाल, कालीध्वज गणका गणपती प्रकाश लामिछानेले मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गरेका थिए । नेपाली सेनाले हरेक बर्ष प्रधानसेनापती कपको लागी टुडिखेलमा ह्रयान्डबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।